मदनभण्डारी विश्वविद्यालयको लालपूर्जा देखाउँदै बाँस्कोटाले भने, ‘तुजुक देखाको, होइन विकास ल्याएको हो’

  •   १ वर्ष अघि | १५ कार्तिक २०७९, मङ्लबार,     एक्टिभ मिडिया संवाददाता

पाँचखाल–नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं प्रतिनिधिसभा क्षेत्र नं. २ काभ्रेका उम्मेदवार गोकुल बाँस्कोटाले मदन भण्डारी विश्वविद्यालयबारे फैलाइएको भ्रम तोडिदिएका छन् । बाँस्कोटाकै पहलमा काभ्रेको पाँचखाल नगरपालिकामा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय निर्माणको प्रक्रिया सुरु भइसकेको छ । तर, सत्ता गठवन्धनका उम्मेदवारहरुले पाँचखालमा विश्वविद्यालय नबन्ने हल्ला फैलाइरहेकोमा बाँस्कोटाले आपत्ति जनाए । चुनावी अभियानको क्रममा आज विश्वविद्यालय बन्ने मुख्य वडा पाँचखाल १२ मा पुगेका बाास्कोटाले विश्वविद्यालयका लागि १३ हजार रोपनी जग्गा हस्तान्तरण भइसकेको भन्दै लालपूर्जाको प्रतिलिपिसमेत सार्वजनिक गरिदिएका छन् । मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय पूर्वाधार विकास समितिको नाममा जग्गा हस्तान्तरण भएको छ । मदन भण्डारी विश्विविद्यालयका लागि संसदबाट ऐन बनिसकेको छ । विश्वविद्यालयको इन्जिनियरिङ विभागमात्रै मकवानपुरको चित्लाङमा सञ्चालन हुनेछ भने केन्द्रीय विश्वविद्यालयसहित बाँकी विभाग काभ्रेको पाँचखालमै सञ्चालन हुनेछ । विपक्षीले कागजी योजना भनेर भ्रम फैलाएकोमा आपत्ति जनाउँदै बाँस्कोटाले योजना बनाएरै कार्यान्वयनमा गएको बताए । तुजुक देखाउन नभई जनताका लागि विकासका योजना आफूहरुले विगतमा ल्याएको र अब पनि ल्याउने उनले बताएका छन् ।

थप