निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

इतिहास सम्झेर अघि बढ्न चलचित्रकर्मीलाई रोशी अध्यक्ष मोक्तानको आग्रह

  •   ५ वर्ष अघि | २३ फाल्गुन २०७८, सोमवार,    

काभ्रे–रोशी गाउँपालिकाका अध्यक्ष डिवि मोक्तान तामाङले तामाङको इतिहास सम्झेर अघि बढ्न तामाङ चलचित्रकर्मीहरुलाई आग्रह गर्नुभएको छ । तामाङ चलचित्रकर्मीहरुका लागि ३ दिने कार्यशाला गोष्ठीको नमोबुद्ध नगरपालिकाको भकुण्डेमा आइतबार आयोजित समापन समारोहलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो–‘हिजो भिमफेदीबाट गाडी बोक्ने मान्छे ,रानीवनबाट दाउरा बोक्ने मान्छे हौं हामी,त्यो इतिहासलाई सम्झेर अघि बढ्नुपर्छ ।

अध्यक्ष मोक्तानले तामाङ जगतको इतिहास बोकेर तामाङ चलचित्रकर्मीहरु पहिचानको कलकारहरुको महत्वपूर्ण भुमिका रहने स्पष्ट पार्नुभयो ।।
तामाङ कलाकार र उनिहरूको गतिविधिबाट आफू टाढा नरहेको उल्लेख गर्दै उहाँले राम्रो कामलाई प्रत्साहन दिने,कमीजोरीप्रति खबरदारी गर्ने गरेको बताउनुभयो । तामाङ कलाकारहरुमा खुट्टा तान्ने प्रवृत्ति रहेको खुलासा गर्दै उहाँले यो प्रवृत्ति अन्त्य गरेर एक हुन शुभकामना व्यक्त गर्नुभयो । उहाँले चलचित्रकर्मीहरुको गुमेको अधिकार प्राप्तिका लागि तामाङ चलचित्र संघ गोलवद्ध हुन आवश्यक रहेको ठहर गर्नुभएको हो ।
रोशीका कलाकारहरुलाई रोशी कला परिषद् गठन गर्न गरेको सल्लाह पुरा नभएकोमा उहाँको असन्तुष्टि थियो । तामाङ कला संस्कृति संरक्षणमा वयक्तिगत रुपमा र गाउँपालिका पछि नपरेको जनाउँदै उहाँले यसमा अहिले सामाजिक सन्देश दिने खालको छोटो चलचित्र ‘सामाजिक सञ्जाल’ मा तामाङ चलचित्र संघसँग साझेदारी गरेको जानकारी दिनुभयो । अध्यक्ष मोक्तानले कुनै समय आफ्ना साथीभाईको संगतले चलचित्र हेर्न हल पुगेको र त्यो बखत हेरेको चलचित्र चित्त नबुझेर आफैं चलचित्र निर्माणमा लागेको विगत स्मरण गराउनुभयो ।
तामाङ चलचित्र क्षेत्रमा नयाँ कलाकारको उत्साहपूर्ण प्रवेश र स्थायीत्वको अपेक्षा गर्दै उहाँले ३ दिने गोष्ठीले यसका लागि महत्वपूर्ण भुमिका खेल्ने विश्वास व्यक्त गुर्नभयो ।
‘तामाङ चलचित्रको बजार व्यवस्थापन तथा गुणस्तरीय तामाङ चलचित्र सम्बन्धि कार्यशाला गोष्ठी’ तामाङ चलचित्र संघ नेपालको आयोजना तथा चलचित्र विकास बोर्ड,आदिवासी जनजाति मातृभाषा चलचित्र प्रवद्र्धन समितिको सहआयोजनामा भएको हो । गोष्ठीमा प्रम्ख अतिथि मोक्तानले सहभागिहरुलाई प्रमाणपत्र वितरण गर्नुभयो ।

थप