निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

नेकपा एमाले बनेपा नगर कमिटीको बैठकले दियो निर्देशन- १४ वटै वडाको अधिवेशन यसरी हुने

  •   ५ वर्ष अघि | ५ कार्तिक २०७८, शुक्रबार,    


काभ्रे । बनेपा नगरपालिका नेकपा एमाले  नगर कमिटीको बैठकले भोलि ६ गते  १४ वटै वडामा  हुने एमालेको वडा अधिबेशनको आफ्नो तयारी पुरा गरेको छ ।
आज बसेको बनेपा नगर कमिटीको बैठकले वडा अधिबेशनको तयारीका लागि विभिन्न  जिम्मेवारी तोकेको छ  । 
वडा कमिटी निर्माणका लागि सर्कुलर सवै वडा संयोजक  हरुलाई पठाइसकिएको छ।
जिम्मेवारी हरु मा आर्थिक विभाग को संयोजक चन्द्र खड्का ,प्रचार प्रसार विभाग को संयोजक नवराज मानन्धर हुनुहुन्छ । 
लक्ष्मी नरसिंह श्रेष्ठ बादेको अध्यक्षतामा बसेको बैठकमा कार्यक्रम नगर सचिव सागरनाथ कपालि ले चलाउनु भएको थियो ।
 जिल्ला कमिटी  सदस्य एवं जिल्ला सह- इन्चार्ज कुमार तिमल्सिना र हरिशरण दाहालले अधिवेशन प्रक्रिया विधि र पद्धतिको विषयमा निर्देशन दिनु भएको थियो ।
बैठकले सबै वडाका संगठित सदस्यहरुको नविकरण तथा नयाँ सदस्यहरुको टुंगो लगाइएको बताएको छ। यो अधिबेशनमा बनेपा बाट पाँच हजार भन्दा धेरै संगठित सदस्यले भाग लिने बताईएको छ ।
भोलि ६ गते वडा अधिबेशन सम्पन्न भए लगत्तै नगर कमिटीको अधिबेशन हुने छ ।  नगर अधिवेशनको लागि विभिन्न विभाग हरु गठन गरि जिम्मेवारी दिएको छ।

वडाबाट निर्वाचित भएर आउने प्रतिनिधिहरुले नगर कमिटी चयन गर्नेछन् ।  
बनेपा नगर अधिबेशन कार्तिक ९ मा हुने र  उद्घाटनको प्रमुख अतिथि नेकपा एमालेका केन्द्रिय सदस्य, पुर्व मन्त्री एवं जिल्ला इन्चार्ज गोकुल बास्कोटाको आतिथ्यतामा  हुने भएको छ ।  नगर अधिवेशन तरकारी बजार संगै रहेको उग्रचण्डी होटल बाट हुने बताइएको छ ।    

थप