निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

निर्माण व्यवसायी संघ काभ्रेको २५ औ स्थापना दिवस तथा रजत जयन्ती समारोह

  •   ५ वर्ष अघि | ७ असोज २०७८, बिहिबार,    

धुलिखेल , काभ्रेपलान्चोक जिल्ला धुलिखेल नगरपालिका मा आफ्नो भवन रहेको निर्माण व्यवसायी संघमा स्थापना दिवस आज भव्य समारोहबिच मनाएको छ।
कार्यक्रममा संघका अध्यक्ष उप्रेन्द्र घिसिङले सभापतित्व ग्रहण गर्नुभएको थियो।
कार्यक्रममा  प्रमुख अतिथि रोसन दाहाल,विषेश अथिती-सुबित श्रेष्ठ  पत्रकार महासंघ काभ्रेका पुर्व अध्यक्ष मोतीराम तिमल्सिना सल्लाहकार हरि लामा लगायतका व्यक्तिको उपस्थिति थियो ।
संघका अध्यक्ष उप्रेन्द्र घिसिङले भन्नुभयो  निर्माण व्यवसायी संघको साधारण सभामा कार्यक्रम भव्य बनाउने र सम्पूर्ण व्यक्तित्वहरुलाइ सम्मान गर्ने  काम हामी पछि गर्छौ।
एकता र एकरुपता को कारण सफल भयौ।
स्थापना दिवसमा हाम्रो संघको प्रथम अध्यक्ष ,शङ्खबुद्ध लामा,हुनुहुन्छ उहालाई धेरै धन्यवाद दिन चाहन्छु ।
धेरै दुख गरेर भवन निर्माण गरियो, निर्माण व्यवसायी संघ संग आवद्ध व्यक्तिले लाइसेन्स मात्र लिने र गुणस्तरीय दिन नसक्नसले र काम गर्ने नसक्नु ले निर्माण व्यवसायी को विश्वास घट्ने डर छ।
उपभोक्त समितिले गरेका काम मा गुणस्तरीय काम छैन , ल्याप टेस्ट छैन, उपभोक्तता समितिको काम हामि नगरौ, हामी हाम्रो लाइसेन्स को गरिमा राखेर गरौ उहाँले भन्नुभयो ।    
कार्यक्रममा  हरि लामाले भन्नुभयो  भुक्तानी को समस्या र राज्य बाट उपलब्ध सेवा प्राप्त नहुने प्रवृत्ति छ।
पत्रकार महासंघ काभ्रेका पुर्व अध्यक्ष मोतीराम तिमल्सिनाले भन्नुभयो समृद्धि का लागि, गुणस्तरीय ,क्षमता अभिवृद्धि ,उत्पादनमा निर्माण व्यवसायी ले ध्यान दिनुपर्छ।
,समस्या पनि छन्। टेण्डर मा लफडा थियो अहिले कम भएको छ। राम्रो काम भएका छन्।  उपभोक्तता समिति भनेकै ठेगेदार भएका छन्।

विशेष अतिथि सुबित श्रेष्ठले यसो भन्नुभयो निर्माणमा पहिले कम्पिटिसन थिएन , एक भएर काम गरेका थियौ जिल्ला जिल्लामा भवन र संघ बनाउने काम सुरु गरेका हौ।  म्याद थप गर्ने सरकारले टेरेन, रोजगारी र कर तिर्न मा हामी  अगाडि छौ। ३० अर्ब भुक्तानी लिन बाकि छ। उपभोक्त समिति ले नै सब निर्माण व्यवसायी लाई असर पुर्याएका छन्।

थप