पंतजलि आयुुर्वेद मेडिकल कलेज धुलिखेल बन्द :विद्यार्थीको भविष्य अन्योल

  •   ३ वर्ष अघि | ४ भदौ २०७८, शुक्रबार,    

काभ्रे । जिल्ला धुलिखेल नगरपालिका वडा नं ३ मा पर्ने मिरावल होटलको तल करिब ५०० रोपनि क्षेत्रफलमा फैलिएको पतञ्जली आयुुर्वेद मेडिकल कलेज एण्ड रिसर्च सेन्टरमा क्याम्पस प्रशासनले पढाई बन्द र परीक्षा नै बन्द गरेको छ।
 कलेजले पढाइ बन्द गरेपछि त्यहाँ अध्ययनरत विद्यार्थीहरु आन्दोलित भएका छन् ।
 क्याम्पसमा ब्याचलर अफ आयुर्वेदिक मेडिसिन्स एण्ड सर्जरी अध्ययनरत पहिलो, तेस्रो र चौथो व्याचमा अध्ययनरत विद्यार्थी आन्दोलित भएका छन् ।

विद्यार्थीहरुले अध्ययन–अध्यापन सुचारु गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय काभ्रे र धुलिखेल नगरपालिका, ध्यानाकर्षण गराएका छन् । धर्नामा गएका विद्यार्थीलाई प्रहरी लगाएर पक्रेको भन्दै विद्यार्थी झनै आक्रोशित भएका छन् । पतञ्जली योगपीठ नेपालका संरक्षक शालिकराम सिंहलाई पटक पटक सम्पर्क गर्दा नभेटिएपछि उनलाई भेट्न पुगेका विद्यार्थीको समूहलाई भेट्न नमानेको र प्रहरी लगाएर पक्राउ गरेको विद्यार्थीको आरोप छ ।
क्याम्पस प्रशासनले विद्यार्थीले पैसा नतिरेर क्याम्पस बन्द गरेको जानकारी दिएपनि खासमा २०७८ सालमा चिकित्सा शिक्षा आयोगले पतञ्जली आयुुर्वेद मेडिकल कलेज एण्ड रिसर्च सेन्टरलाई एउटा पनि सिट नदिने भनेपछि प्रशासन आफैले बन्द गरेको बुझिएको छ ।
 
नेपाल संस्कृत विश्वविद्यालय दाङबाट सम्बन्धन प्राप्त कलेजमा चार ब्याजमा पढाई भईरहेको छ । पहिलो व्याचमा ३५, दोश्रोमा २५, तेश्रोमा ४० तथा चौथोमा १६ जना विद्यार्थी क्याम्पसमा पढिरहेका छन् ।आफ्नै अस्पताल नभएको कलेजले बनेपाको शिर मेमोरियल अस्पतालमा ६ महिने ओजिटीको लागि सम्झौता गरेको छ । कलेजको आफ्नै अस्पताल भने निर्माणाधीन छ ।

थप