काभ्रे , जिल्ला रोशी गाउपालिका मा हिमाली गाउँ संरक्षण नेपालले रोशी गाउँपालिकालाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । बिहिबार रोशी गाउँपालकाको अध्यक्ष डि.वि. लामा र प्रमुख प्रशासकिय अधिकृत डम्बरु दाहालको रोहबरमासंस्थाको अध्यक्ष निरध्वज लामाले स्वास्थ्य सामग्री सहयोग गरेको हुन् । स्वास्थ्य सामग्रीहरुमा अक्सिजन सिलिण्डर ४० लिटरको ५ थान, फ्लो मिटर ५ थान, थ्री स्टार मास्क ८ हजार पिस रहेको छ ।
सामग्री बुझ्दै रोशी गाउँपालिकाका अध्यक्ष डि.बि. लामाले सहयोगी मन प्रति आभार प्रकट गरे । महामारी सँग जुध्न अतिआवश्यक सामग्री प्रदान गरेकोमा खुसी व्यक्त गर्दै आगामि दिनमा सकारात्मक सहयोगको अपेक्षा गरे ।
यस्तै संस्थाका अध्यक्ष निरध्वज लामाले दोस्रो लहरको कोरोना भाइरसको कारण आफू संक्रमित भएर निकै पीडा भोग्नु परेको अनुभव बताउदै आफूले जस्तो पीडा अरुले भोग्न नपरोस् भन्ने उदेश्यले स्वास्थ्य सामग्री सहयोग गरेको बताए । साथै सम्पूर्णमा स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउदै सुरक्षित रहन आव्हान गरे । यस अघि समाजसेवी लामाले रोशी ६ सिपालीलाई पनि नगद रु १५ हजार बराबरको स्वास्थ्य सामग्री सहयोग गरेका थिए ।