समाजसेवी दुर्गानाथ दाहालको को पहलमा तीन बर्ष देखि थला परेकी मोडल निशा घिमिरेको उद्धार

  •   ३ वर्ष अघि | २८ जेष्ठ २०७८, शुक्रबार,    

काठमाडौं । भारतमा सवारी दुर्घटनामा परेकी निशाको तीन बर्षदेखि उपचार हुन पाएको थिएन । निशाको आर्थिक अवस्था कमजोर भएकै कारण उपचारबाट बञ्चित भएकी उनको एक दिनमै स्वास्थ्यमा सुधार आएको छ । नवजीवन परोपकार समाजको अथक प्रयासपछि नर्भिक अस्पतालमा निशाको उपचार हुन थालेको एक दिन भएको छ ।

नवजीवनका संस्थापक अध्यक्ष दुर्गानाथ दाहालका अनुसार निशाको अनुहारमा एक दिनै सुधार आएको छ । निशाको पारिवारिक अवस्था कमजोर भएकाले उनी उपचार नपाएर घरमै पिडा खेपेर बस्नु परेको थियो ।
निशाको उपचार गर्न नसकिने भएपछि उनका बुबाले नवजीवन परोपकार समाजका संस्थापक अध्यक्ष दुर्गानाथ दाहाललाई खबर गरेका थिए । त्यसपछि दुर्गानाथले निशाको उपचार गर्ने पहल कदमी अगाडि बढाउँदै निशाको तस्विर सामाजिक सञ्जालमा पोष्ट गरेको थियो ।

दुर्गानाथले सामाजिक सञ्जालमा पोष्ट गरेको तस्विर नर्भिक अस्पतालकी निर्देशक तथा नवजीवन परोपकार समाजकी प्रमुख संरक्षक मेघा चौधरीले देखिन । दुर्गानाथको सम्पर्कमा आइन । नर्भिक अस्पतालमा निशुल्क उपचार गरिदिने बताएकी थिइन् । र बेड तयार पारेकी थिइन । एम्बुलेन्स लगेर निशालाई अस्पताल भर्ना गरेको एकदिन भएको छ । यस्तै निर्देशक चौधरी र नर्भिक इन्टरनेशनल अस्पतालले उपचारबाट बञ्चित भएकाहरुलाई निशुल्क उपचार सेवा दिदै आएको छ ।

 

नर्भिक अस्पतालकी मेघा चौधरीको र नवजीवन परोपकार समाजका सस्थापक अध्यक्ष दुर्गानाथ दाहालको अथक प्रयासमा मोडल निशाको हिजोदेखि उपचार सुरु भएको छ । दुर्गानाथले कलाकार तथा मोडल निशा घिमिरेको उपचार गर्न हिजो नर्भिक इन्टरनेशनल अस्पताल लगिएको बताए । नवजीवनले निशाको अवस्था थाहा पाएको दुई दिनमा अस्पताल लगिएको दुर्गानाथको भनाइ छ ।

 

नर्भिक अस्पताल निर्देशक चौधरीले बिभिन्न उपचार नपाएर छटपटाइरहेका कैयौँ बिरामीहरुलाई उपचार गरेर निको बनाएका छन् । निशाको निशुल्क उपचार भइरहेको नर्भिक इन्टरनेशनल अस्पतालकी निर्देशक तथा नवजीवनकी प्रमुख संरक्षक मेघा चौधरीले बताएकी छिन् ।
उक्त अवसरमा नवजीवन परिवारले नर्भिक इन्टरनेशनल अस्पतालकी निर्देशक चौधरी र अस्पताललाई कोटी धन्यवाद तथा बधाइ दिएको छ । साथै मोडल निशाको एक दिनमै सुधार र अनुहारमा चमक देखिएकाले मोडल निशाको छिट्टै उपचार सफल हुने आशा गरेको छ ।

थप