काभ्रे, जिल्ला बनेपा नगरपालिका वडा नम्बर ५ को स्वास्थ्य चौकीभवनको शिल्यान्यास उप प्रमुख रेखा सापकोटा दाहालको हातबाट भएको छ ।
कोरोना महामारीका समयमा समेत विकास निमार्णलाई तिब्रता दिदै नगरमा स्वास्थ्य चौकी भवन नभएका १० वटा वडाहरुमा असार मसान्त भित्रै स्वास्थ्य भवनहरु निर्माण सम्पन्न गर्न लागिएको उप प्रमुख सापकोटाल बताउनु भयो ।
भवन शिलन्यासकार्यक्रममा वडा अध्यक्ष बलराम अधिकारी, वडा सदसयहरु, उपभोक्ता समितीका अध्यक्ष प्रधुन्न थापा लगाएतको सहभागिता रहेको थियो ।
त्यसै गरी बनेपा नगरपालिका वडा नम्बर ७ को स्वास्थ्य चौकी भवनको शिल्यान्यास वडा अध्यक्ष बर्ण शाक्यले गर्नु भएको छ । उक्त कार्यक्रममा वडा सदस्यहरु र उपभोक्ता समिती अध्यक्ष मोहन श्रेष्ठ लगाएत स्थानियहरुको सहभागिता रहेको थियो।