निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

काभ्रे प्रहरीले जम्मा गर्यो ६७ अक्सिजन सिलिन्डर : विभिन्न अस्पतालमा वितरण

  •   ५ वर्ष अघि | ३० बैशाख २०७८, बिहिबार,    

काभ्रे, जिल्ला प्रहरी कार्यालय काभ्रेले अक्सिजनका खालि सिलिन्डर जम्मा गरि अक्सिजन नभएर संकटमा परेका विरामीहरुको तत्काल उपचारमा सहज बनाउने उदेश्यले जिल्लाका विभिन्न स्थानमा खाली रहेका अक्सिजन सिलिण्डरहरु संकलन गर्ने कार्य तिब्र बनाएको छ । 
संकलित सिलिण्डरहरु जम्मा गरी अक्सिजन भरेर प्रहरी कार्यालयले अस्पतालमा पुर्‍याउन शुरु गरेको छ । 

प्रहरीले संकलन गरेका सिलिण्डरहरु भरेर तयारी अवस्थामा राख्ने र संकटमा परेका विरामीहरुलाई अस्पतालमा, आईसोलेसनमा र घरमा समेत पु-याउन पर्ने अवस्थामा ब्यवस्थापन गर्ने गरी तयारी गरिएको प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीले बताउनु भयो ।

 सोहि अभियान अन्र्तगत विहिबार ३० वटा अक्सिजन ग्याँस सिलिण्डर धुलिखेल अस्पताललाई हस्तान्तरण गरिएको छ।
 प्रहरीले खाली सिलिण्डरमा अक्सिजन भर्ने तथा रेगुलेटर सहितको ब्यवस्थापन गरिरहेको प्रहरी प्रमुख एसपी खत्रीले बताउनु भयो । ‘संकटमा नेपाल प्रहरी नागरिकहरुकै साथमा रहनेछ’–एसपी खत्रीले भन्नुभयो–‘महामारीमा अक्सिजन नपाएर कोहि नागरिकले पनि मृत्युको मुखमा पुग्न नपरोस भन्ने अभियानका साथ काम गरिरहेका छौं ।

प्रहरीले बनेपा, धुलिखेल, दोलालघाट तथा विभिन्न उद्योग, कलकारखाना, ग्रिल ब्यवसायी, ग्यारेजहरुमा रहेका खाली सिलिण्डहरु दैनिक संकलन गरिरहेको छ । ‘६७ वटा संकलन भईसकेको छ, यसलाई १ सय पुर्‍याउने लक्ष्यका साथ धमाधम संकलन कार्य भईरहेको छ’–प्रहरी प्रवत्ता एव डिएस्पी हरि खतिवडाले बताउनु भयो–‘सिलिण्डर खाली भए लगत्तै भर्ने र संकट परेको अवस्थामा पु-याउने गरी प्रहरीको युनिट नै तयारी अवस्थामा राखिएको छ ।’ जिल्लाका दुईवटा अस्पताल धुलिखेल र बनेपाको शिरमा भएका कोभिडका विरामीहरुका लागि अक्सिजन अभाव हुन नदिन प्रहरीको समेत सक्रियतामा तयार भएका सिलिण्डहरुलाई मर्मत गरी चालु अवस्थामा ल्याईएको डिएस्पी खतिवडाले बताउनु भयो ।

थप