काभ्रे, जिल्ला बनेपा नगरपालिका ले उप-मेयरसँग महिला कार्यक्रम अन्तर्गत जिल्लामा नै पहिलो पटक गर्भवती तथा सुत्केरी महिलाको एक लाख बराबरको कोरोना विमा सुरु गरेको छ। उक्त कार्यक्रम मा बनेपा नगरपालिका का मेयर लक्ष्मी नरहसिंह वादे श्रेष्ठ , उप -मेयर रेखा सापकोटा दाहाल , प्रमुख प्रशासकिय अघिकृत कविराज उप्रेती,बनेपा नगरका प्रेस सल्लाहकार लक्ष्मण तिमल्सिना बनेपा नगर स्वास्थ्य प्रमुख सत्यसोर मकै श्रेष्ठ विभिन्न व्यक्तिहरुको उपस्थिति थियो। 
कोरोना भाइरस को विश्वमा नै महामारी बढेको यो अबस्थामा उप-मेयरसंग महिला कार्यक्रम अन्तर्गत बनेपा नगरपालिका भित्र स्थाइ बसोबास गरेका गर्भवती तथा सुत्केरी महिलाहरूलाई सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेड सँगको सहकार्यमा रू.१ लाख बराबरको कोरोना बीमाको शुरूवात गरिएको र प्रतिव्यक्ति रु ३०० सय को दरले प्रिमियम सगरमाथा इन्स्योरेन्स लाई बुझाउने सम्झौता भएको बनेपा नगरपालिका का उप-मेयर रेखा सापकोटा दाहालले बताउनुभयो ।
आज कार्यक्रम को पहिलो दिन बिमित संख्या ५१ जना रहेका छन । यस कार्यक्रममा अन्तर्गत बिमित हुनको लागि गर्भवती को हकमा ३ महिना पूरा भएको र सुत्केरी को हकमा ४५ दिन ननाघेको हुनुपर्ने पनि उपमेयर दाहालले बताउनुभयो । कार्यक्रम मा बोल्दै मेयर लक्ष्मी नंरहसिंह वादे श्रेष्ठले महिला सँग उप- मेयर कार्यक्रम प्रत्यक्ष महिला लाभान्वित हुने कार्यक्रम रहेको र उप - मेयरले लेराउनुभएको कार्यक्रम सराहनीय रहेको र महिला दिदिबहिनी हरुलाई यस्ता कार्यक्रमले फाइदा हुने पनि बताउनुभयो ।
उक्त कार्यक्रम मा बोल्दै उप - मेयर रेखा सापकोटा दाहालले दिदिबहिनी हरुको मनोबल उच्च पार्ने र सबै मिलेर कोरोना सँग लडन् सजिलो र सहकार्य को लागि यो कार्यक्रम लेराएको र प्रत्यक्ष महिला दिदीबहिनीलाई यस्ता कार्यक्रमले फाइदा पुग्ने पनि बताउनुभएको छ।