काभ्रे, जिल्ला बनेपामा रहेको बनेपा हेल्थ केयर नामक स्वास्थ्य संस्था दोस्रो बर्ष पूरा भई तेस्रो बर्षमा प्रवेश गरेको छ।
उच्च स्तरीयको साथै प्रभावकारी स्वास्थ्य सेवा दिदै आएको बनेपा हेल्थ केयरले कोभिड 19 लाई मध्य नजर गर्दै हेल्थ केयर भित्रै आफ्नो दोस्रो वाषिर्कोत्सव मनाएको छ । सम्पूर्ण कर्मचारी सहित को उपस्थितिमा मनाएको छ ।
बनेपा हेल्थ केयरले संस्थाका मेडिकल डाइरेक्टर रविन्द्र प्रसाद राजभण्डारी लाई मायाको चिनोको साथै कदर - पत्र प्रदान गरेको थियो ।
भने बर्षको उत्कृष्ट कर्मचारीको रुपमा हाउस किपिङ बिभागका प्रमुख रमेश देउलालाइ प्रमाणपत्र र ट्रफि सहित सम्मान गरिएको थियो । 
चाडै नै बनेपा हेल्थ केयरले एम्बुलेन्स खरिद गर्ने तथा २५ सैयाको अस्पताल संचालन गर्ने कुरा प्रबन्ध निर्देशक जितेन्द्र थापाले एक्टिभ मिडिया नेपाललाई जानकारी गराउदै कोभिड 19 लाई मध्य नजर गर्दै तेस्रो वर्षमा प्रवेश गरेको अवसरमा स्वास्थ्य जाँच तथा उपचार गर्न आउने बिरामीहरुलाइ नि:शुल्क रुपमा मास्क तथा फेश सिल्ड उपलब्ध गराउने समेत जानकारी दिनुभयो ।