काभ्रे, बनेपाा- जिल्ला काभ्रेमा काम गर्ने पत्रकारहरुको कोरोना परीक्षण गरिने भएको छ ।
संक्रमणका बेला जोखिम उठाएर रिपोटिङ गर्नु पर्ने भएपछि नेपाल पत्रकार महासंघ काभ्रे शाखाको पहलमा जिल्लामा फ्रन्टलाइनमा कार्यरत पत्रकारहरुको कोरोना परिक्षण(RDT/PCR) हुने भएको छ ।
सबै पत्रकारहरूको जोखिमलाई मध्यनजर राख्दै कोरोना परिक्षण गर्न लागिएको नेपाल पत्रकार महासंघ काभ्रे शाखाको अध्यक्ष मोतीराम तिमल्सिनाले जानकारी दिए ।
उनका अनुसार जिल्ला कमान्टपोस्टसँग समन्यव गरेर फ्रन्टलाइनमा कार्यरत पत्रकारहरुको कोरोना परिक्षण (RDT/PCR) जिल्ला काभ्रेको धुलिखेल स्थित धुलिखेल हस्पिटलमा गरिनेछ ।