काभ्रे – नेत्रविक्रम चन्द (विप्लव)का कार्यकर्ताले काभ्रेको बनेपामा मसाल जुलुस निकालेको छ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले घोषणा गरेको नेपाल बन्दको पूर्व सन्ध्यामा कार्यकर्ताले बनेपामा मसाल जुलुस निकालेका हुन् ।
विप्लवले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि विरुद्ध भोलि कार्तिक ३० गते नेपाल बन्द गर्ने घोषणा गरेको छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेज गर्न माग गर्दै विप्लवले कार्तिक २५ गतेदेखि प्रर्दशन गर्दै आएको थियो ।
निरन्तर खबरदारीता न्यायीक पत्रकारीता
विप्लवले घोषणा गरेको नेपाल बन्दको पूर्वसन्ध्यामा बनेपामा मसाल जुलुस
- ५ वर्ष अघि | २९ कार्तिक २०७८, सोमवार,