काभे, जिल्ला बेथानचोक गाउपालिकामा चलालमा ज्यान मारी फरार सुचिमा कर्तव्य ज्यान मुद्दा लागेका व्यक्ति पक्राउ ।
मिति २०६९/०७/०८ गते बेलुकाको समयमा धारिलो हतियार प्रयोग गरि कुटपिट गरि हत्या गरिएको भनिएको छ।
काभ्रेपलान्चोक जिल्ला साविक चलाल गणेशस्थान गा.बि.स.वडा नं.०३ हाल काभ्रे जिल्ला बेथानचोक गा.पा.वडा नं.०४ बस्ने तिर्थमान सुनारको छोरा २२ बर्षको सुवास सुनारले काभ्रेपलान्चोक जिल्ला साबिक चलाल गणेशस्थान गा.बि.स.वडा नं.०३ हाल जिल्ला बेथानचोक गा.पा.वडा नं.०४ चलाल गणेशस्थानमा लागेको सांस्कृतिक कार्यक्रममा भाग लिई कार्यक्रम सकेर सोही कार्यक्रम स्थलबाट बाहिर निस्कने क्रममा।
मंगल बहादुर तामाङको छोरा बर्ष १८ को एन्जल तामाङलाई कुटपिट गरी छुरा प्रहार गरी कर्तब्य गरी मारी फरार भएकोमा आज ई.प्र.का.बनेपा काभ्रे बाट खटिएको प्र.नि.योगेन्द्र तिमिल्सिनाको टोलीले खोजतलाश गर्दै जाने क्रममा भक्तपुर जिल्ला मध्यपुर ठिमी नगरपालिका वडा नं. ०९ मा लुकिछिपि बसिरहेको अबस्थामा फेला पारी पक्राउ गरि इ .प्र का बनेपा ल्याई आवश्यक कारबाहीको लागि सम्मानित काभ्रेपलाञ्चोक जिल्ला अदालत काभ्रेमा दाखिला गरिएको छ।
सम्मानित काभ्रेपलाञ्चोक जिल्ला अदालतको आदेशले निज प्रतिबादी सुबास सुनारलाई मुलुकी ऐन ज्यान सम्बन्धी महलको १३(३) नं.बमोजिम जिल्ला कारागार कार्यालय धुलिखेलमा २० बर्ष कैद सजाय हुुुुने गरि थुनामा राखिएको जानकारी छ।