निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

विकास र समृद्धि अगाडि बढिसक्यो: पुर्व मन्त्री बास्कोटा

  •   ६ वर्ष अघि | ११ साउन २०७७, आइतवार,    

काभ्रे, बनेपा नगरपालिका वडा नम्वर ७ ले सांसदहरुको पूवार्धार क्षेत्र विकास कार्यक्रम मार्फत प्राप्त ५० लाख रकम मध्येबाट ४१ लाख रुपैया खर्च गरी तयार गरेको चारदोबाटो देखि गोदामचोक,  बसपार्क जाने भित्री सडकको दायाँबायाँ फुटपाथ निर्माण सम्पन्न गरि  उद्घाटन गर्नेको निमित नेता बास्कोटालाई निमन्त्रणा दिएको थियो। उक्त कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रे प्रमुख उद्वव के.सि बनेपा नगरपालिका मेयर लक्ष्मी नरसिंह वादे श्रेष्ठ , उपमेयर रेखा सापकोटा दाहाल,मदन भण्डारी फाउन्डेसन का अध्यक्ष कुमार तिमल्सिना ,वडा अध्यक्ष हरु पत्रकारहरुको  उपस्थिति थियो। गौरवका आयोजनाहरु शुरु भए सँगै ब्यापारीक शहर बनेपाको विकासमा नयाँ आयाम थपिएको गोकुल बास्कोटाले  बताउनु भयो । 
बनेपा नगरपालिका वडा नम्वर १४ मा निर्माण हुन लागेको राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय, आईटी पार्कमा निर्माण हुन लागेको सेक्युरिटी प्रेस, पाँचखालमा निर्माण हुन लागेको मदन भण्डारी विश्वविद्यालय, काभ्रे उपत्यका खानेपानी सँगै पाँचखालको एकिकृत खानेपानी जस्ता महत्वपूर्ण संरचनाले जिल्ला भित्रको रोजगार र समृद्ध बढाउने र युवाहरुलाई विदेश जानू पर्ने बाध्यता कम गर्ने  धारणा राख्नु भयो ।
 उहाले भन्नुभयो अब पर्यटन प्रवर्द्धन गरि विकास गरिन्छ । सम्भावित पर्यटन क्षेत्र को सबै तिर अनुगमन गरिसकिएको र सम्भावना हुने खालका पुर्वाधार निर्माण हुने पनि बिश्वास दिलाउनुभयो। उहाले भन्नुभयो टंन्चोक ससिपानि ,बासुकि पर्यटन बिकास गर्ने र टंन्चोक तिमाल पर्यटन क्षेत्र विकास गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।वड नंं ७ का अध्यक्ष वर्ण शाक्यले   भित्रि बाटो हरु  पिच गर्न  को  लागि पुर्वमन्त्री संग आग्रह गर्नुभयो।

थप