काभ्रे, तत्कालीन नेकपा एमालेका महासचिव जननेता मदनकुमार भण्डारीको ६९ औँ जन्मजयन्ती आज मनाइँदैछ। पाटीनिकट अन्य संस्थाहरुले पनि विविध कार्यक्रम गरी जन्मजयन्ती मनाउँदैछन्।
काभ्रे जिल्ला को काभ्रे भञ्ज्याङ मा रहेको मदन भण्डारी स्मृति पार्क मा पनि आज पुर्व सञ्चारमन्त्री गोकुल प्रसाद बास्कोटाको उपस्थिति मा मदन भण्डारीलाई पुष्प गुच्छा अर्पण गरि भावपुर्ण श्रद्धाञ्जली अर्पण गरि उक्त स्थान मा वृक्षारोपण कार्यक्रम पनि समापन गरिएको छ।
उक्त कार्यक्रममा काभ्रे का विद्यार्थी संगठन र युवा संगठन का नेता कार्यकर्ता को पनि उपस्थिति थियो।
विश्व कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेका बेला नेपाली कम्युनिष्ट आन्दोलनको लोकतान्त्रिकरणका लागि ‘जनताको बहुदलीय जनवाद (जबज) को सिद्धान्त प्रतिपादन गरी लोकप्रिय भएका तत्कालीन नेकपा (एमाले) का महासचिव भण्डारीको २०५० जेठ ३ गते दासढुंगा भएको जीप दु’र्घटनामा परी निधन भएको थियो। भण्डारीको जन्म २००९ साल असार १४ गते ताप्लेजुङको ढुंगेसाँघुमा भएको थियो।
जबजले शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धा र आन्दोलनबाट जनताको क्रान्तिलाई प्राथमिकता दिएको छ।