तामाङ चलचित्रका नायक कुमार मोक्तानलाई मेगास्टारको उपाधीबाट सम्मान गरिने

  •   २ वर्ष अघि | २२ कार्तिक २०७८, सोमवार,    

काभ्रे । तामाङ चलचित्रका नायक कुमार मोक्तानलाई मेगास्टारको रुपमा सम्मान गरिने भएको छ । तामाङ चलचित्र जगतमा १ दशक भन्दा लामो समयदेखी अनवरत रुपमा नायकको भुमिकामा योगदान दिदै आएका मोक्तानलाई तामाङ चलचित्र क्षेत्रलाई डोर्याउन महत्वपूर्ण भुमिका निभाएका कारण उच्च मुल्यांकन गर्दै बिरिसु मिडियाले सम्मान गर्न लागिएको हो ।

बिरिसुले आयोजना गरेको स्टार म्युजिक एण्ड फिल्मस अवार्ड २०७८ को टप ५ नोमिनिजहरुको नाम सार्वजनिक कार्यक्रममा उक्त घोषणा गरेको हो। बिरिसु मिडियाले आगामी मङसिर ११ गते अवार्डको फाइनल कार्यक्रम गर्दै छ ।

काभ्रेको रोशि गाउँपालिका साबिक ७ नम्बर वडा चिप्लेमा बुबा देवि सिंह लामा र आमा चन्द्र कुमारीको कोखबाट वि.स. २०४१ साल भदौ ८ गते जन्मिएका हुन ।

नायक कुमार मोक्तानले “ह्युलला माया” चलचित्र मार्फत चलचित्र क्षेत्रमा डेब्यु गरेका हुन । उनले हालसम्म मायासे लासी भाग ३ सम्म, दोर्जे डन, ह्युलला कानुन गरि २ दर्जन भन्दा बढि चलचित्रमा अभिनय गरिसकेका छन ।

बिरिसु मिडियाका अध्यक्ष विवेक लोप्चनले कुमार मोक्तानलाई तामाङ चलचित्र क्षेत्रमा दिएको योगदान, त्याग र दर्शकले सर्वाधिक रुचाएका र मन मुटुमा सफल भएका कारण मेगास्टारको उपाधिले सम्मान गर्न लागिएको बताए । अध्यक्ष लोप्चनले दर्शकले कुमार मोक्तानलाई मेगास्टारको रुपमा ग्रहण गरिसकेको समेत बताए ।

 

थप