पनौतीका पाँच विद्यालयमा घुम्ती पुस्तकालय बुक बस

  •   ११ महिना अघि | ३० जेष्ठ २०८०, मङ्लबार,     मणिराम दाहाल

काभ्रे ।  धार्मिक महत्व बोकेको पनौतीका दुई नदि पुण्यमाता र रोशी अहिले प्रदुषित र संकुचित स्थितीमा रहेको छ। यी नदिहरु र वरिपरिको वातावरण बारे विद्यार्थीहरू माझ ध्यानाकर्षण र रुचि बढाउन काठमाडौँस्थित अमेरिकी दुतावासको सहयोगमा सतोरी सेन्टर फर द आर्ट्स (Satori Center for the Arts) द्वारा संचालित बुक बसले पनौतीमा २०८० जेठ ३० देखि असार ९ गते सम्म विभिन्न शैक्षिक, सांस्कृतिक, र कलात्मक कार्यक्रमहरुको आयोजना गर्दैछ। कार्यक्रम अवधिभरि बुक बसले पनौतीका पाँच स्थानीय विद्यालय र १ पुस्तकालयमा विज्ञान, प्रविधि र संरक्षणबारे विविध कार्यशाला, तथा किताब पठनपाठनका कार्यक्रम आयोजना गर्दैछ।


बुक बसले भ्रमण गर्ने पुस्तकालय र विद्यालयहरु यस प्रकार छन् :



श्री पनौती (पाठशाला) आधारभूत विद्यालय  जेठ ३० र ३१ गते

श्री पुण्य हाई स्कूल जेठ ३२ र असार १ गते

इन्द्रेश्वर माध्यमिक विद्यालय असार ३ र ४ गते

सूर्योदय इङ्लिस बोर्डिङ स्कुल असार ५ र ६ गते

सामुदायिक बोर्डिङ स्कुल असार ७ र ८ गते

ज्ञान विकास सामुदायिक पुस्तकालय (प्रदर्शनी) असार ९ गते


आफ्ना कार्यक्रम मार्फत बुक बसले विद्यार्थी तथा समुदायमा पठनपाठनको अभिरुचि वृद्धि गर्ने, सृजनात्मक सोचाइ तथा क्रिटिकल थिङ्किंगको (critical thinking) विकास गर्ने र विद्यार्थीहरुलाई अर्थपूर्ण तथा स्मरणिय शिक्षा प्रदान गर्ने अवसरको सृजना गर्दछ। यसको साथै किताब पठन र प्रदर्शनी द्वारा स्थानीय वातावरण प्रति विद्यार्थी र समुदायको ध्यान आकर्षण गरि सामुदायिक संलग्नता प्रोत्साहन गर्ने बुक बसको उदेश्य हो ।  यस बुक बस भ्रमणमा पनौतीमा गर्न लागेको कार्यशाला तथा क्रियाकलापहरु यस प्रकार छन् :


१.  स्टीम कार्यशाला Science, Technology, Engineering, and Mathematics (STEAM) Workshop: यस कार्यशालामा विद्यार्थीहरुलाई परिचयात्मक रुपमा वैज्ञानिक प्रक्रियाको प्रयोग गरि सोच्न र ज्ञान प्राप्त गर्न प्रोत्साहन गरिनेछ। यसको अन्तर्गत इकोसिस्टम मोड्युल (पनौतीका नदिहरू) प्रयोग गरिनेछ जस्मा विद्यार्थीहरुले आफ्नो वरीपरि रहेको रोसी र पुन्यमाता नदिमा भएका वातावरणको अन्वेषण गर्नेछन् र जैविक विविधता र खाद्य श्रृंखलाहरू जस्ता महत्त्वपूर्ण विषयहरुकाबारेमा जानकारी पाउनेछन् । विद्यार्थीहरुले चित्र र कोलाजहरू प्रयोग गरेर स्थानीय इकोसिस्टम बारे आफ्नो बुझाइ र स्थानीय बासिन्दाहरुको यी नदिहरु सँगको सम्बन्धलाई व्यक्त गर्नेछन् । 


२. पुस्तक पठन तथा कथा वाचन: विद्यार्थी सामु पुस्तक पठन गर्ने र पुस्तकबारे छलफल गरी कथामा आधारित सृजनात्मक क्रियाकलाप गर्न प्रोत्साहन गरिनेछ। अमेरिका र अन्य देशका लेखकहरूले लेखेका विभिन्न विषयका पुस्तकहरूको विविध संग्रह प्रयोग गर्दै भिन्न सत्रहरू जस्तै पुस्तक पाठन, कथा वाचन, र लेखन कार्यशालाहरूका मार्फत आलोचनात्मक सोच, रचनात्मकता, साक्षरता, र अंग्रेजी-भाषा सीपहरूलाई प्रोत्साहन गरिनेछ।


३. ज्ञान विकास सामुदायिक पुस्तकालयमा प्रदर्शनी: बुक बसले विद्यालयहरुमा विद्यार्थीहरू सँग गरेको सबै कार्यशालामा विद्यार्थीहरूले बनाएका सबै सामाग्रीहरु प्रदर्शनीमा देखाइनेछ। प्रदर्शनी विद्यार्थी, शिक्षक तथा समुदायका सबै सदस्यहरुको लागि खुल्ला रहने छ। यो एक दिने प्रदर्शनी बिहान ११ बजे देखि साँझ ४ बजे सम्मको लागि खुल्ला हुनेछ। 


कार्यक्रम संयोजक रुबीना प्रधान भन्नुहुन्छ, “बुक बसले अन्तरक्रियात्मक शिक्षालाई प्रोत्साहन गर्दछ। सजिलै उपलब्ध हुने सामग्रीहरूको प्रयोग गरेर र विद्यार्थीहरुलाई आफै वातावरण तथा परिवेश अवलोकन गरेर पढ्न र आलोचनात्मक सोच बढाउन तर्फ प्रवर्द्धन गर्दछ। उनीहरूको कल्पनाशक्ति बढाउँछ र पठन पाठन गर्नका लागि खुला वातावरणको सिर्जना गर्दछ।”


हामी यस कार्यक्रममा तपाईंको उपस्थितिको अपेक्षा गर्दछौं र पनौतीका विद्यार्थीहरूमा साक्षरता, पठन, र  स्टीम शिक्षाको महत्त्वलाई अगाडि ल्याउन तपाईंले प्रदान गर्नुभएको सहयोगको कदर गर्दछौं।

थप