काभ्रे । माध्यमिक शिक्षा परीक्षा (एसईई) को मौका परीक्षा आगामी साउन २३ गतेदेखि ३१ सम्म हुने भएको छ । मौका परिक्षामा काभ्रेबाट चौबीस सय ३५ जना परीक्षार्थी सहभागी हुने इकाई प्रमुख देवका ढकालले बताउनुभयो ।परिक्षामा सहभागी हुने मध्ये सबै भन्दा बढि १६७४ जना गणित बिषयका विद्यार्थी रहेका छन्।
विज्ञान विषयमा १०८८ जना ,अफसनल बिषय आईमा ९३७ जना , सामाजिक विषयमा ९१९ जना ,अङ्ग्रेजी विषयमा ८८८ जना र नेपाली विषयमा ६६५ जना ,अफसनल आईआईमा ३९६ जना ,प्राविधिक विषयमा १७ जना परीक्षार्थी सहभागी हुने पनि शिक्षा विकास तथा समन्वय ईकाई काभ्रेपलान्चोक प्रमुख देवका ढकालले जानकारी दिनुभयो ।
साउन २३ देखि ३१ गतेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरे संगै । काभ्रेमा पनि एसईई मौका परीक्षाको सम्पुर्ण तयारी सम्पन्न भएको ईकाई प्रमुख (उपसचिव ) देवका ढकालले बताउनुभयो ।
उहाँले भन्नुभयो हामीले एसईई मौका परीक्षा (ग्रेड वृद्धि )को सम्पुर्ण तयारी सकेका छौ । जिल्लामा पाच वटा परीक्षा केन्द्र तोकेर परीक्षा सञ्चालन गर्ने लागिएको हो।
काभ्रेमा परीक्षा केन्द्र तोकिएका सेन्टर र उक्त सेन्टरमा परेका गाउँपालिका र नगरपालिका यसप्रकार छन।
१. हिमालयन मा.वि - बनेपा नगरपालिका र खानिखोला गाउँपालिका
२.आजाद मा.वि-पनौती नगरपालिका र तेमाल गाउँपालिका
३.शिक्षा सदन -रोशि गाउँपालिका र बेथानचोक गाउँपालिका
४.सञ्जिवनी स्कुल-भुम्लु गाउँपालिका र नमोबुद्ध नगरपालिका ,मण्डनदेउपुर नगरपालिका ,धुलिखेल नगरपालिका
५.पुर्ण सञ्जिवनी स्कुल-पाचखाल नगरपालिका र महाभारत गाउँपालिका र चौरी देउराली गाउँपालिका रहेका छन्।
कपि,प्रश्नपत्र परीक्षा केन्द्रमा पुर्याउने र केन्द्राध्यक्ष अभीमुखीकरण कार्य गर्ने भने बाकिँ रहेको उहाँले बताउनुभयो ।
भर्खरै २०८० सालको एसईईको नतिजा सार्वजनिक गरिएको भएपनि ५२ प्रतिशतभन्दा बढी विद्यार्थीको नतिजा एनजी आएको थियो ।