निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

नगरप्रमुख महेश खरेल द्वारा भगवती मा.वि को शिलान्यास

  •   ६ वर्ष अघि | २४ असोज २०७७, शनिबार,    

काभ्रे, जिल्लाको पाँचखाल नगरपालिका वडा नं ९ मा रहेको पलाञ्चोक भगवती मावि चार पिपलमा चारकोठे पक्की भवनको शिलान्यास भएको छ । शुक्रबार एक कार्यक्रमका बीच नगरप्रमुख महेश खरेलले शिलान्यास गरेका हुन् ।
कार्यक्रममा पाँचखाल नगरपालिका वडा नं ९ का अध्यक्ष किरण श्रेष्ठ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उज्वल श्रेष्ठ, विद्यालयका प्रधानाध्यापक बेगबहादुर थापा लगायतको सहभागिता रहेको थियो ।
शिलन्यास कार्यक्रममा नगर प्रमुख खरेलले पाँचखालका कुनै पनि बालबालिकालाई शिक्षाबाट बञ्चित नगरिने बताए ।
पाँचखाल नगरपालिकाको समन्वय तथा जिल्ला आयोजना कार्यान्वयन इकाईको आर्थिक सहयोगमा २ तल्लाको ४ कोठे भवन बन्नेछ । इकाईले भवन बनाउन ७० लाख उपलब्ध गराएको छ । विद्यालयमा शौचालय बनाउन १५ लाख तथा खानेपानीको लागि ८ लाख रुपैयाँ सहयोग गरेको विद्यालयका प्रधानाध्यापक बेगबहादुर थापाले जानकारी दिए ।
यो बर्ष मात्र पलाञ्चोक भगवती माविमा अन्य २ वटा भवनको निर्माण कार्य अन्तिम अवस्थामा पुगेको वडा अध्यक्ष किरण श्रेष्ठले जानकारी दिए । उनका अनुसार पाँचखाल नगरपालिकाको ५० लाख सहयोगमा ४ कोठे पक्की भवन तथा चाउ नमस्ते इटालीको ६२ लाख सहयोगमा ६ कोठे पक्की भवन निर्माण सम्पन्न हुन लागेको छ ।

थप