निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

प्रभात बचत तथा ऋण सहकारी संस्थाको १५ औं साधारणसभा सम्पन्न

  •   ३ वर्ष अघि | ३० भदौ २०८०, शनिबार,     मणिराम दाहाल

काभ्रे । प्रभात बचत तथा ऋण सहकारी संस्थाको १५ औ साधारणसभा सम्पन्न भएको छ।कार्यक्रम बनेपा नगरपालिकाको भवनमा भएको हो। प्रभात बचतले विभिन्न सामाजिक ,आर्थिक,शैक्षिक  क्षेत्रमा उल्लेखनीय कार्य गर्दै आएको छ। संस्थाले १५ औं बिताउदै गर्दा समाजमा राम्रो सन्देश दिदै आएको छ। अहिले सहकारीको बिश्वास घट्दै गएको र केही सहकारी हरु भागेको अबस्थामा बनेपामा पनि सहकारी समस्या बढ्दै गएको प्रशंगमा  संस्थाका अध्यक्ष सागरनाथ कपालीले भन्नुभयो ,केही खराब व्यक्तिहरुले व्यक्तिगत लाभ लिएर सहकारी को नीति विधि भन्दा फरक कार्य गर्नाले केही बनेपा लगायत काभ्रेको सहकारीमा समस्या आएको हो। 

प्रभात बचत तथा सहकारी बनेपालिहरुको मन जित्न सफल सहकारी हो । यस सहकारीले अहिलको अबस्थामा पनि सदस्यहरुको कारोबार का आधारमा कर्जा प्रवाह गरिरहेको पनि अध्यक्ष सागरनाथ कपालीले बताउनुभयो ।

कार्यक्रममा एसईई मा उत्कृष्ट नतिजा लेराउने सेयर सदस्य  हरुलाई सम्मान गरिएको थियोे । सम्मानको क्रममा उत्कृष्ट बचतकर्ता ,उत्कृष्ट ऋणि दुवैलाई सम्मान गरिएको हो।

थप