प्रभातको साधारणसभा, सर्वसम्वत नेतृत्व चयन

  •   २ वर्ष अघि | १३ कार्तिक २०७८, शनिबार,    

बनेपा। बनेपामा २०६५ सालमा स्थापना भएको प्रभात बचत तथा ऋण सहकारी संस्था लि.को तेह्रो वार्षिक साधारण सभा नयाँ नेतृत्व चयन गर्दै शनिबार बनेपामा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष सागरनाथ कपालीले दिप प्रज्ज्वलन गरि  उद्धाटन गरेको कार्यक्रममा सञ्चारकर्मी नवराज बजगाईं, मणिराम दाहाल, निर्वाचन समितिका संयोजक  ज्ञानेन्द्र दाहाललगाएतको आतिथ्यता रहेको थियो । 

संस्थाका उपाध्यक्ष फिरोज शाक्यको स्वागत मन्तव्य र सचिव सुमन चौ प्रधानको सञ्चालनमा भएको कार्यक्रममा सचिवको प्रतिवेदन सचिव सुमन चौ प्रधानले, कोषाध्यक्ष बलराम श्रेष्ठले आर्थिक प्रतिवेदन र लेखा संयोजक भरत दाहालले लेखा समितिको प्रतिवेदन पेश गरेका थिए ।

संस्थाको साधारण सभाबाट पुनः सागरनाथ कपालीको अध्यक्षतामा आगामी कार्यकालका लागि नयाँ समिति सर्वसम्मत चयन भएको छ । जसको उपाध्यक्षमा फिरोज शाक्य, सचिवमा सुमन चौ प्रधान, कोषाध्यक्षमा बलराम मानन्धर र सदस्यहरुमा पूर्णिमा प्रधानाङ्ग, सञ्जयप्रकाश प्रधान र सरस्वती तौजले श्रेष्ठ तथा लेखा सुपरीवेक्षण समिति संयोजकमा भरत दाहाल र सदस्यमा प्रदीप प्रधान र धनबहादुर कर्माचार्य रहेका छन् ।

थप