रयालेका किसानलाई उन्नत जातको अलैंचीको बिरुवा वितरण :एक्टिभ मिडिया नेपाल

  •   ३ वर्ष अघि | ९ असार २०७८, बुधबार,    

काभ्रे , जिल्ला पनौती नगरपालिका वडा नं १ स्थित रयालेका किसानलाई उन्नत जातको अलैँचीका विरुवा वितरण गरिएको छ । पनौती नगरपालिकाले अलैचीबाट समृद्धि खोज्न कृषकलाई अनुदानमा अलैचीका बिरुवा वितरण गरेको हो ।

नगरपालिकाले ६० प्रतिशत आफ्नो लगानी र ४० प्रतिशत किसानको लगानीमा नयाँ प्रजातिको अलैंची विरुवा वितरण सुरु गरेको हो । नगरप्रमुख भिम न्यौपानेले व्यावसायिक अलैँची उत्पादन गर्ने हिसाबले आज (बुधबार) वडा नम्बर १ रयालेका किसानलाई उन्नत जातको अलैंची विरुवाहरु वितरण गरेर यो अभियानको सुरुवात गरिएको हो ।

नगरप्रमुख भिम न्यौपानेले व्यावसायिक अलैँची खेतीलाई प्रोत्साहन गर्ने उद्देश्यले धेरै फल्ने उन्नत जातको अलैँचीको बिरुवाको वितरण सुरु गरिएको बताए । कृषकको हितमा काम सुरु गरेको बताए । वडाअध्यक्ष गुणनाथ सापकोटाले रोग कम लाग्ने र धेरै उत्पादन दिने भएकाले यसको विरुवा वितरण गरेको नगरपालिकाकी उप–प्रमुख गिता बञ्जाराले बताइन् । तोदे जातको अलैँचीको बिरुवामा रोगप्रतिरोधात्मक क्षमता उच्च रहेको र प्रतिफल पनि धेरै दिने नगरपालिकाका कृषि तथा पशुपन्छी शाखाका प्रमुख मणिप्रसाद सापकोटाले जानकारी दिए ।

थप