निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

बरु सरकारी भात खान तयार छु मापदण्ड विपरीतका इटाभट्टा चल्न दिन्न : टिपी शर्मा

  •   ६ वर्ष अघि | १२ चैत्र २०७७, बिहिबार,    

काभ्रे,  जिल्ला नमोबुद्ध नगरपालिका भित्र मापदण्ड नपुगेका वातावरण प्रदुषण गर्ने इटाभट्टाहरु नगरपालिका ले भत्काएपछि बन्द रहेको इँटा उद्योग व्यवसायीहरूले केही समयपछि  फेरि सञ्चालन गर्न थालेपछि नमोबुद्ध नगरपालिकाले सञ्चालन नगर्न आग्रह गरेको छ ।

 नगरपालिकामा  पत्रकार सम्मेलन गर्दै नगर प्रमुख टिपी शर्माले उक्त उक्त कुरा जानकारी गराएका  हुन् ।
नमोबुद्ध नगरपालिकाले सर्वोच्च र जिल्ला अदालतमा विचाराधिन रहेको मुद्दाको आदेश विपरित ईट्टा उद्योगहरु संचालन गरेको भन्दै आपत्ति जनाएको हो । नगरपालिकाले अदालतको आदेश पालना गर्न उद्योग ब्यवसायीहरुलाई अनुरोध पनि गरेको छ ।

नमोबुद्ध नगरपालिकामा संचालन भएका भट्टाहरु हटाउने सन्दर्भमा पटक-पटक स्थानीय संघ संस्था तथा नागरिकहरुको अनुरोध भएको तथा स्थानीय जनप्रतिनिधिहरुले २०७४ साल जेठ १४ गते वातावरणमैत्री नभएका उद्योगहरु हटाई नगरलाई वातावारण मैत्री बनाउने प्रतिवद्धता ब्यक्त गरेका थिए । सोहि प्रतिवद्धता अनुसार उद्योगी ब्यवसायीहरुसँगको पटक पटकको छलफलबाट   नमोबुद्ध नगर भित्र रहेका ईट्टा उद्योगहरु विस्थापन गर्ने सम्वन्धमा नगरपालिका र उद्योगीहरु बीच २०७५ पौष २९ गते भएको सम्झौताका आधारमा २०७५ पौष २८ गते ४ बुँदे सम्झौता भएको थियो ।
 सम्झौता अनुसार ब्यवसायीहरुले उद्योग विस्थापन नगरी जर्बजस्ति संचालन गरे पछि २०७६ भाद्र ८ र ९ गते सम्झौता अनुसार नगरपालिका आफैले उद्योगहरु विस्थापन गरेको थियो । 

नगरपालिकाको उद्योग विस्थापन गरेको विरुद्ध ब्यवसायीहरुले भदौ १० गते सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए । उक्त रिट निवेदन विचाराधिन अवस्थामा छ । नगरपालिकाको तर्फबाट सम्झौता अनुसार ब्यवसायीहरुले उद्योग विस्थापन गर्दा भएको खर्च पटक पटक ताकेता गर्दा समेत उपलब्ध नगराएको भन्दै जिल्ला अदालत काभ्रेमा मुद्दा दर्ता गरेको थियो । उक्त मुद्दा समेत विचाराधिन अवस्थामा रहेको छ ।
 संविधान प्रदत्त स्वच्छ वातावरणमा बाँच्न पाउने हकको सुनिश्चितताको लागि सरोकारवालाहरुबाट उच्च अदालतमा उद्योगहरु विस्थापनका लागि रिट निवेदन दर्ता भएको थियो । निवेदन उपर पनि अन्तिम सुनुवाई हुन सकेको छैन । 

नगरपालिकाको निर्णय, नगर सभाको निर्णय, ब्यवसायीहरुसँगको सम्झौता र अदालतमा बीचाराधीन मुद्दा फैसला नहुँदै ब्यवसायीहरुले २०७७ फागुन २६ गते देखि इट्टा उद्योग संचालन गरेका छन् ।

नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले पत्रकार सम्मेलन आयोजना गरी उक्त कार्य तत्काल रोक्न पत्राचार भएको, सूचना जारी गरेको तथा कानुन बमोजिम कारवाही गर्ने जानकारी समेत गराउँदा समेत अटेर गरेको बताउनु भयो । नगरपालिकाको तर्फबाट पटक पटक अनुरोध गर्दा समेत उद्योगी ब्यवसायीहरुले जर्बजस्ति गरेकाले पत्रकार सम्मेलन गर्नु परेको नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले बताउनु भयो । बरु म सरकारी भात खान तयार छु मापदण्ड विपरीत का इटाभट्टा हटाएर नै छोड्छु उहाँले भन्नुभयो।
 नमोबुद्ध नगरपालिकामा रहेको सत्यनारायण ईट्टा उद्योगले जर्बजस्ति उद्योग संचालन गरेको छ ।

थप