निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

काभ्रे उद्योग वाणिज्य संघको महासचिव पदमा रविन्द्र वैदारको जित सुनिश्चित

  •   ६ वर्ष अघि | २० फाल्गुन २०७७, बिहिबार,    

काभ्रे , उद्योग वाणिज्य संघको  बनेपाका रविन्द्र बैदार उद्योग बाणिज्य महासंघको आसन्न निर्वाचनमा महासचिवका उम्मेदबार हुनुहुन्छ ।

उद्योग बाणिज्य संघको निर्वतमान सचिव वैदारको पक्षमा माहौल तातिएको छ । हुन पनि हो, युवा उद्यमी मंञ्चको अध्यक्ष भएर उनी २०६५ सालमै उद्योग वाणिज्य महासंघको पदेन सदस्य बनेका थिए ।

२०६५–२०७० सालसम्म पदेन सदस्य बनेका उनी २०७०–२०७४ सम्म सहसचिव र २०७४ देखि सचिवमा निर्वाचित बनेका हुन। काभ्रेमा भएका चारओटा महोत्सवमा उनी स्टल व्यवस्थापनको मुख्य जिम्मेवारी निभाउनुभएका थिए ।

उनी आगामी शनिबार हुने उद्योग बाणिज्य संघको निर्वाचनमा महासचिवमा उम्मेदबार दिएसँगै जिल्लाभरीका उद्योगीहरु उत्साहित भएका छन् । युवा उद्यमीहरु उनलाई निर्वाचित गराउन निक्कै उत्साही देखिएका छन् । सदस्यहरु उद्योग बाणिज्य संघको महासचिवमा जित नजिक रविन्द्र वैदार पुगेको बताउँछन् ।

थप