निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

रेलमार्ग बनाउने ३२ अर्बको ठेक्का रद्द

  •   ६ वर्ष अघि | २३ भदौ २०७७, मङ्लबार,    

काठमाडौं : पूर्वपश्चिम रेलमार्गअन्तर्गत इनरुवा–काँकडभिट्टा खण्डको ट्र्याक बेड बिछ्याउन निकालिएका दुबै ठेक्का रद्द भएका छन् । रेल विभागले मंगलबार सार्वजनिक सूचना निकालेर ठेक्का रद्द भएको जानकारी दिएको हो ।
पूर्व तयारीबिना ट्र्याक बेड बिछ्याउने ठेक्का निकालिएकाले ठेक्का रद्द गर्न विभागलाई दबाब परेको निर्माण व्यवसायीको भनाइ छ ।

रेल मार्ग निर्माणको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएपछि जग्गा अधिग्रहण प्रक्रिया भने अघि बढेको थियो । सार्वजनिक खरिद नियमावली अनुसार पूर्व तयारीबिना ठेक्का लगाउन पाइँदैन ।
विभागले असार १४ र १७ मा दुई वटा ठेक्का आह्वान गरेको थियो । यो ठेक्का प्रक्रियामा सहभागी हुनका लागि रेलमार्गमै काम गरेको प्रावधान हुनुपर्ने थियो ।

यो प्रावधानका कारण सीमित कम्पनी मात्र रेलमार्गको ठेक्कामा सहभागी हुन सक्थे । यो प्रावधानका कारण पनि यो ठेक्का सुरुवाती समयदेखि विवादित बन्दै आएको थियो ।

थप