निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

काभ्रेको नार्केमा बम बिस्पोट मानविय क्षेति नभएको जानकारी

  •   ७ वर्ष अघि | ९ चैत्र २०७६, आइतवार,    

काभ्रे ,(रोशी)जिल्लाको रोशी गाउँपालिका वडा नं. ८ स्थित नार्केको एक घरमा बम विष्फोट भएको छ । आज राती ८ः४० बजे प्रेसर कुकर बम विष्फोट भएको इलाका प्रहरी कार्यालय, मंगलटारका प्रमुख इन्स्पेक्टर धर्मजंग थिङले जानकारी दिएको छ ।इन्स्पेक्टर थिङका अनुसार तेमाल गाउँपालिका वडा नं. ५ का नार्के स्थित घरमा विष्फोट गराएको हो । विष्फोट हुनसाथ रोशी गाउँपालिकाका अध्यक्ष डिबी लामा घट्नास्थलमा पुगेका थिए । घट्ना भएको थाहा पाउन साथ मंगलटार इलाका प्रहरी र कटुञ्जे प्रहरी चौकीबाट प्रहरी पुगेका थियो ।घट्नास्थलमा पुगेका गाउँपालिका अध्यक्ष लामाका अनुसार विष्फोटबाट कुनै मानविय क्षति भने भएको छैन । ‘सटरको छेउमा पड्को देखिन्छ । घरलाई पनि क्षेति भएको छैन ।’‘कुनैपनि मानविय क्षति भएको छैन ।’प्रहरीका अनुसार विष्फोट नेकपा (विप्लब समूह)ले गरेको आशंका छ । यस अघि सो समूहले निरबहादुरको घरमा झाण्डा गाडेर कब्जा गरेको घोषणा गरेको थियो । घट्नास्थलमा अहिले व्यापक प्रहरी परिचालन गरेको छ भने प्रहरीले घट्नाका अनुसन्धान गरिरहेको जनाएको छ ।

स्रोत :रासस

थप