सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

  •   २ वर्ष अघि | २३ फाल्गुन २०७८, सोमवार,    

काभ्रे । जिल्ला प्रहरी कार्यलयले जिल्ला अदालतबाट कैद तथा जरीवाना ठहर भई फरार रहेका प्रतिवादी लाई आज प्रहरीले पक्राउ गरेको छ।
 खोजतलास गरी फैसला कार्यन्वयन गर्न, दण्डहिनताको अन्त्य र कानूनी तथा विधिको शासन स्थापित गर्ने उद्धेश्यलाई जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले प्राथमिकतामा राखि सोहि अनुरुप कार्यन्वयन गर्ने क्रममा मन्दिरमान भनिने मानविर तामाङ रोशि गाउँपालिका वडा नं ७ बाट पक्राउ गरिएको हो।
 प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकबाट खटि गएको प्रहरी अधिकृत सहितको विशेष प्रहरी टोलिले खोजतलासको क्रममा प्रतिवादीलाई फेला पारी फैसला कार्यन्वयनको लागि काभ्रेपलाञ्चोक जिल्ला अदालतमा पेश गरिएको छ ।

थप