बनेपा चारडोबाटो देखि गोदामचोक सम्म अव्यवस्थित पार्किङ गरे अब ह्विललक लाग्ने

  •   ३ वर्ष अघि | २२ साउन २०७८, शुक्रबार,    

काभ्रे ।  बनेपा चारदोबाटोदेखि गोदामचोकसम्म पार्किङ गरे अबदेखि ट्राफिक प्रहरीले ह्विल लक लगाउने भएको छ । 
ट्राफिक प्रहरी प्रमुख प्रमिला श्रेष्ठका अनुसार चार डोबाटो देखि गोदाम चोक सम्म महिनामा १५ दिन एक साईड पार्किङ गर्ने र १५ दिन अर्को साईड पार्किङ गर्ने व्यवस्था गर्ने र तोकिएको ठाउँमा पार्किङ नगरे ह्विल लक गर्ने जानकारी दिनुभयो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपा र बनेपा नगरपालिका  वडा नम्बर ७ का वडा अध्यक्षको रोहबरमा यस विषयमा  छलफल गरेर सो निर्णय भएको हो। 
आउदो भदौ १ देखि ट्राफिक प्रहरी र स्थानीय तहका जन प्रतिनिधी बसेर ह्विल लक लगाउने निर्णय गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रमिला श्रेष्ठले जानकारी दिनु भयो ।
बनेपा नगरपालिका वडा नं ७ का अध्यक्ष बर्ण शाक्य, जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रमिला श्रेष्ठ, यातायात व्यवसायीको सहभागितामा बसेको बैठकले भदौ १ देखि सो क्षेत्रमा लक गर्ने निर्णय गरेको हो ।
बैठकले चारदोबाटोमा पनौतीको गाडी रोक्ने र चढाउने कार्य भैरहेको भदौ १ देखि सहकारी भवन अघि सार्ने निर्णय गरेको छ ।

थप