काभ्रे । बनेपा ७ रातमाटेमा रहेको काभ्रे पाचँखाल कोल्ड स्टोरेजले बर्षिनै किसानले स्टोर गरेको आलुको विनाश हुने गरि किसानको आलुनै सत्यनाश पारेको छ।
कोण्ड स्टोरमा स्टोर गरेको आलु खेतमा रोप्ने बेलामा लिन जादाँ कसैको आलु नै नहुने , कसैको आलु कुहिने ,कसैको दुई हात लामा टुसा आउने, गरेको पाइएको छ।
यस्तो लापरबाही गर्ने कोण्ड स्टोरेजले अलि बोल्न सक्नेलाई जरिवाना दिएर थामथुम पार्ने बोल्न नसक्ने जनतालाई हप्काएर पठाउने गरेको बुझिएको छ।
बर्षिनै जनतालाई दुख दिएर अनुदान पड्काएर साडा भएको पाचँखाल कोल्डस्टोरलाइ तह लगाएर किसानको कुरा सुन्ने निकाए छैन।