काभ्रे , जिल्लाको मण्डनदेउपुर नगरपालीका कृषकहरुलाई चण्डेनी मण्डन साना किसान कृषि सहकारी संस्था लि.ले कृषकलाई प्रदेश सरकार अन्तर्गत कृषि ज्ञान केन्द्रको अनुदानमा मिनिट्रेलर सहितका कृषि औजार तथा प्रधानमन्त्रि कृषि आधुनीकीकरण परियोजना अन्र्तगत सहकारीका किसानहरुलाई रकम वितरण गरेको छ ।
नगरपालिका भित्ररहेका कृषि सहकारीका ३० जना सदस्यहरु कृषि औजार तथा ४८ जना सदस्यहरुलाई रकम वितरण गरेको हो ।
प्रधानमन्त्रि कृषि आधुनीकीकरण परियोजना अन्र्तगत सहकारीका ४८ किसानहरुलाई रु ६ लाख ६२ हजार ८ सय ६६ रुपैया रकम वितरण गरेको हो । भने कुल १२ जना कृषकलाई मिनिट्रेलर, ४ जना कृषकलाई मकै पिन्ने मेसिन, ५ जना कृषकलाई मकै छोडाउने मेसिन तथा ९ जना कृषकलाई चार्जेबल स्प्रोयर पम्प कृषि ज्ञान केन्द्रको ५० प्रतिशत अनुदानमा उपलब्ध गराइएको चण्डेनी मण्डन साना किसान कृषि सहकारी संस्था लि.का अध्यक्ष्य सुमन नेपालले बताउनु भयो ।
मण्डनदेउपुर नगरस्थित चण्डेनी मण्डन साना किसान कृषि सहकारी संस्थाको आर्थिक अनुदान तथा कृषियन्त्र उपकरण हस्तान्तरण कार्यक्रमलाई आज सम्बोधन गर्दै नेकपा (एमाले)का केन्द्रीय सदस्य एवं सांसद गोकुलप्रसाद बाँस्कोटाले विकासमा प्रतिस्पर्धा गर्नाले जनताको जीवनस्तरमा अपेक्षित सुधार आउने बताउनुभयो ।
बाँस्कोटाले कृषिमा आधुनिकीकरणले कृषकको उत्पादनमा बृद्धि हुँदै गएकाले कृषिमा पूँजी, बजार, श्रम र आधुनिकीकरणमा प्रबद्र्धनको आवश्यकता रहेको बताउनु भयो । उहाँले भने “कृषियन्त्रले श्रमशक्तिलाई बचाउँछ, बचेको श्रम अन्य उत्पादनमा लगाउँदा कृषकको आर्थिक अवस्था सुधारोन्मुख हुँदै जाने बाँस्कोटाले बतउनु भयो ।
“विकास पार्टीको निम्ति नभई नितान्त जनताको जीवनस्तर सुधारका लागि हुन्छ, विकास र राजनीतिक प्रतिस्पर्धा नितान्त फरक विषय हो” पूर्वमन्त्रीसमेत रहेका बाँस्कोटाले बताए । उनले सरकारसँग विकासका कुनैपनि बजेट नकाट्न आग्रह गर्नु भयो र अघिल्लो सरकारले निरन्तरता दिएका हरेक विकास आयोजनाको बजेट नकाटियोस्, यदी काटिए हामी जिम्मेवार हुने छैनौँ । नीतिगत निरन्तरताले लगानी बच्ने भएकाले नीतिगत अन्यौलता सिर्जना नगर्नसमेत सरकारलाई बाँस्कोटाले आग्रह गनु भयो ।
कृषकलाई कृषि औजार एवं उपकरण वितरण गर्दै नगर उप प्रमुख निर्मला शाहीले कृषि क्षेत्रलाई नगरपालिकाले विशेष प्राथमिकतामा राख्दै कृषिसम्बन्धी कार्यक्रमहरू अघि बढाउदै आएको उप प्रमुख शाहीले बताउनु भयो । नगरपालिकामा जनप्रतिनिधि आए लगत्तै कृषि नीति तयार पारिएको र नगरका विभिन्न वडाहरुमा कार्यनयन हुदै आएको नगर उप प्रमुख उप प्रमुख शाहीले बताउनु भयो ।(स्रोत ) बाट