बनेपा नगरपालिकाले वितरण गर्यो बोयर जातका बोका र बाख्रा

  •   ३ वर्ष अघि | २० असार २०७८, आइतवार,    

काभ्रे , जिल्ला बनेपा नगरपालिका द्वारा  बोयर जातका बाख्रा र बोका कृषकहरुलाइ वितरण गरिएको छ।

बोयर जातका बाख्रा र बोका वितरण कार्यक्रम बाख्रा  पकेट बिकास कर्यक्रम  अन्तर्गत  पर्दछ यस कार्यक्रम बाट बनेपा नगरपालिका वडा नं ५,९,१३ का ४५ जना कृषक लाभान्वित भएका छन्।

५,९,१३ का कृषकहरुलाई १-१ वटा बाख्रा वितरण गरिएको हो भने  वडा नं ५ मा एक बाेयर बाेका  बितरण गरिएको थियो ।
 बोयर जातका बाख्रा र बोका वितरण कार्यक्रममा  नगर प्रमुख लक्ष्मी नरसिंह बादे श्रेष्ठ ,उप प्रमुख रेखा सापकाेटा दाहाल,प्रमुख प्रशासकिय अधिकृत कबिराज उप्रेती, वडा अध्यक्ष बलराम अधिकारी, शेरबहादुर सुवाल, सुर्यनारायण नापितकाे उपस्थितिमा वितरण गरिएकाे थियो।

थप