काभ्रे जिल्लामा चक्रराज जोशीको सक्रियता तिव्र : फरार प्रतिवादीहरु दिनदिनै पक्राउ

  •   २ वर्ष अघि | २१ साउन २०७९, शनिबार,     एक्टिभ मिडिया संवाददाता

काभ्रे : जिल्ला प्रहरी कार्यलय काभ्रेका प्रमुख चक्र राज जोशीको सक्रियता जिल्लामा तिव्र भएको छ। 

जोशी काभ्रे आए देखि विभिन्न मुद्दामा फरार रहेका प्रतिवादी हरु धमाधम पक्राउ परेका हुन।

विभिन्न मुद्दामा फरार रहेका काभ्रेका दुई प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । चोरी मुद्दामा फरार रहेका जिल्लाको तेमाल गाउँपालिका वडा नं २ का २७ वर्षीय संजिव तामाङलाई ६ वर्षपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख चक्र राज जोशीले जानकारी दिनुभएको छ ।


कार्यालयका अनुसार तामाङलाई चोरी मुद्दामा जिल्ला अदालत काभ्रेपलाञ्चोकले २०७३ साल पौष १८ गते १ महिना कैद र २१ हजार ९ सय २० रुपैँया जरिवानाको फैसला गरेको थियो । अदालतको फैसलापछि फरार रहेका तामाङलाई प्रहरीले श्रावण २० गते तेमाल गाउँपालिका वडा नं २ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


त्यस्तै अंशबण्डा मुद्दा शिर्षकमा फरार रहेका जिल्लाको पनौती नगरपालिका वडा नं ४ का ५० वर्षीय सुवास केसीले प्रहरीले १० वर्षपछि पक्राउ गरेको छ । के.सीलाई अंशबण्डा मुद्दा शिर्षकमा जिल्ला अदालत काभ्रेपलाञ्चोकले २०६८ चैत्र १ गते ९ सय ६ रुपैँया जरिवानाको फैसला गरेको थियो । अदालतको फैसलापछि फरार रहेका के.सीलाई प्रहरीले श्रावण २० गते पनौती नगरपालिका वडा नं ४ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


पक्राउ परेका दुई प्रतिवादीलाई फैसला कार्यन्वयनको लागि काभ्रेपलाञ्चोक जिल्ला अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ ।

थप