साँगाको खोल्सामा बस खस्यो, सात जना घाइते

  •   ९ महिना अघि | ३ साउन २०८०, बुधबार,     एक्टिभ मिडिया संवाददाता

काभ्रे । काभ्रे जिल्लाको धुलिखेल सदरमुकाममा काठमाडौं बाट आउँदै गरेको यात्रुवाहक बस भक्तपुरको साँगामा भिरबाट खसेको छ ।

बा ३ख ९३९६ नम्बरको बस साँगा नजिकै झोलुंगे पुलमुनि खोल्सामा दुर्घटना भएको प्रहरीले जनाएको छ ।  इप्रका बनेपा प्रमुख डीएसपी   रेशम बोहराका अनुसार दुर्घटनामा चालकसहित सात जना घाइते भएका छन्।

घाइतेमध्ये चार जनालाई मध्यपुर अस्पताल र तीन जनालाई युवामुरा अस्पतालमा उपचारको लागि पठाइएको प्रहरीले जनाएको छ ।

थप