काभ्रे । बनेपा नगरपालिकाले एक सुचना प्रकाशित गरि सहकारीहरुको पक्षमा वकालत गरेको छ।
सुचनामा भनिएको छ सहकारीको ऋण समयमा नतिरे नगरपालिकाको सम्पूर्ण सेवा सुविधाबाट बञ्चित गरि एकाघरको सम्पत्ति बाट समेत असुली गर्ने तरिकाबाट सुचना प्रकाशित गरेको छ।
ऋण खाएपछि तिर्नुपर्छ नगरपालिकाले गरेको निर्णय पनि जायज नै होला। तर आम जनताले सहकारी हरुमा बचत गरेको रकम फिर्ता नगर्ने सहकारीहरलाइ के हुन्छ । बनेपा नगरपालिकामा केही सहकारी बाहेक धेरैले बचत फिर्ता दिन सकेका छैनन्।
दैनिक सहकारीमा धाउने र बचत लिन जादा बचत फिर्ता नपाउदाको पीडा चै कसले बुझिदिने के बचत कर्ताले चै बचत फिर्ता पाउने नियमावली बनाउन सक्दैन नगरपालिकाले अहिले जनमानसमा यो प्रश्न उठेको छ।