सुनकोसी किनारमा लुगा र जुत्ता छोडी एक जोडी फरार :खोजतलास गर्ने परिवारको अपिल

  •   २ वर्ष अघि | ७ माघ २०७८, शुक्रबार,    

काभ्रे ।  काभ्रेपलाञ्चोक जिल्ला भुम्लु गाउँपालिका वडा नं. ८ ईन्द्रावती र सुनकोशी नदि दोभानको बगरमा ढुंङ्गा माथि कालो जेन्ट्स ज्याकेट, गाढा सुन्तला रंगको लेडिज कोट, कालो र खरानी रंगको जुत्ता एक, एक जोर, कालो लेडिज र जेन्ट्सले बोक्ने पर्स, घडी लगायतका सामाग्री स्थानियहरुले देखि तत्काल प्रहरीलाई स्थानीय हरुले खबर गरेका थिए ।
 सामाग्रीहरुको माध्यमद्धारा काभ्रेपलाञ्चोक जिल्ला पनौती नगरपालिका वडा नं. ८ खरीबोट बस्ने बर्ष ४० को माधव प्रसाद फुयाल र  नमोबुद्ध नगरपालिका वडा नं. ५ बस्ने श्रीजना भण्डारी (कोईराला) को भएको भनी उनिहरुका आफन्तहरुले सामानको पहिचान र सनाखत गरि सम्पर्क बिहिन भएकी श्रीजना भण्डारी (कोईराला) र  माधव प्रसाद फुयालको भएको भनि  खोजतलास निवेदन पर्न आएकोले निम्न हुलिया भएका पुरुष र महिलालाई देख्नुभएमा १०० नम्बर वा आफन्तहरुको (सम्पर्क नं. ९८४९०११७९८ रविचन्द्र फुयाल, ९८२३२६२१४४ देवि प्रसाद कोईराला), नजिकको प्रहरी कार्यालय अथवा यस कार्यालयको सम्पर्क नं. १००, ०११-४९०२०२, ९८५११२३८०५, ९८५१२३७३३९सम्पर्कको लागि अपिल छ।

थप