सिन्धुपाल्चोक – सिन्धुपाल्चोक जिल्लाको चौतारा बन्देउ सडक खण्डाको पोखरेबेसीमा आज माइक्रो बस दुर्घटना भएको छ । दुर्घटनामा परी २० जना घाईते भएका छन् ।
सिन्धुपाल्चोकको सदरमुकाम चौताराबाट काठमाडौंतर्फ आउदै गरेको सिन्धु पाँचपोखरी प्रा.लिले सञ्चालनमा ल्याएको बा २ ख २६१२ नम्बरको माइक्रो बस दुर्घटनामा परेको हो ।
माइक्रो बसमा सवार सबै घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । कार्यालयका अनुसार घाइते मध्ये ५ जनालाई उपचारको लागि धुलिखेल अस्पताल ल्याइएको छ । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार माइक्रोबस सडकबाट करिब १० मिटर तल खसेको छ । मोडमा ब्रेक नलागेपछि माइक्रोबस दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
निरन्तर खबरदारीता न्यायीक पत्रकारीता
सिन्धुपाल्चोकको पोखरेबेसीमा माइक्रो बस दुर्घटना : २० यात्रु घाइते, २ जनाको अवस्था गम्भिर
- ५ वर्ष अघि | २३ कार्तिक २०७८, मङ्लबार,