काठमाडौ हेटौंडा जोड्ने सबै सडक पहिरोको कारण अवरुद्ध

  •   ३ वर्ष अघि | १८ असार २०७८, शुक्रबार,    

काठमाडौ,  बुधबारदेखि परेको अविरल वर्षासँगै आएको बाढी र पहिरोले हेटौंडालाई काठमाडौसँग जोड्ने सबै सडकखण्ड अवरूद्ध भएको छ।जिल्ला प्र हरी कार्यालय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्र हरी निरीक्षक देव दासका अनुसार पहिरोले कान्ति लोकपथ, भीमफेदी–कुलेखानी–फाखेल, भीमफेदी–सिस्नेरी–दक्षिणकाली र भैसे–पालुङ–नौबिसे सडकखण्ड अवरूद्ध बनेको छ।भीमफेदी गाउँपालिका–८ कोगटेमा गएको पहिरोले बाटो भासिँदा शुक्रबार रातिदेखि कान्ति लोकपथ अवरूद्ध बनेको छ। यस्तै, त्रिभुवन राजपथको हेटौंडा–भैंसे सडकखण्डअन्तर्गत भीमफेदी–१ बाघझोराको खोलाको बहाव बढ्दा बाटो अवरूद्ध बनेको दासले जानकारी दिए। बाघझोराको खोलामा लेदोसहितको ठूलो बाढी आएकाले बाटो अवरूद्ध भएको उनको भनाइ छ। त्यस्तैगरी भीमफेदी–९ अघोर, थाहा नगरपालिका– ६ खानीगाउँ, थाहा–१२ गैरीगाउँमा पहिरो जाँदा भैंसे–पालुङ–नौबिसे सडक खण्ड अवरुद्ध बनेको छ।प्र हरी निरीक्षक दासका अनुसार चितवन–मुग्लिन हुँदै काठमाडौं जाने सडकखण्ड पनि अवरूद्ध भएकाले हेटौंडाबाट काठमाडौं जाने सबै सडक अवरुद्ध भएको छ। लगातारको वर्षा नरोकिएकाले पहिरो पन्छाउन समस्या भइरहेको छ। पहिरो पन्छाएपनि बाघझोराको पानीको बहाब नघटेसम्म सडकसञ्जाल सञ्चालनमा आउन नसक्ने दासले बताए।

थप