निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको गोलबजरमा राति दुर्घटना

  •   ७ वर्ष अघि | २६ पुस २०७६, शनिबार,    

सिरहा । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको गोलबजर नपा ४ मा गएराती भएको सडक दुर्घटनामा ३२ जना घाइते भएका छन् । दुर्घटनामा एकजनाको अवस्था गम्भीर रहेको छ । 
पूर्ववाट पश्चिमतर्फ गइरहेको ना.४ ख. ३४५३ नम्बरको ट्रकमा सोही दिशाबाट आइरहेको ना. ६ ख. ७७३६ नम्वरको यात्रुबहाक बस ठोक्किंदै पुन सडक किनारामा रहेको बरको चौतारोमा ठोक्किएर बस दुर्घटना भएको हो
काँकडभिट्टाबाट दोलखाको चरिकोटको लागि गइरहेको बसका चालक निदाएर ट्रकमा ठोक्किँदै बरको चौतारीमा ठोकिएपछि ३२ जना घाइते भएको इलाका प्रहरी कार्यालय गोलबजारका इन्सपेक्टर जनक पुरीले जानकारी दिए । बसमा ३५ यात्रु सवार रहेका थिए ।
गम्भिर घाइते बसका चालक झापा मेची नगरपालिका ६ का करिव ३४ वषीय राजु भुजेलको गोलबजारमा प्राथमिक उपचारपछि थप उपचारको लागि विराटनगर लगिएको जनाइएको छ । अन्य घाइतेहरुको गोलबजारस्थित विभिन्न स्वास्थ्य संस्थाहरुमा सामान्य उपचारपछि गन्तव्यतर्फ फर्किएका छन् । 

थप