निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

राष्ट्रिय खुल्ला सोकोतान कराते प्रतियाेगिता २०८२ पाँचखालमा

  •   १ वर्ष अघि | ३२ जेष्ठ २०८२, शनिबार,     एक्टिभ मिडिया

काभ्रे । पाँचखाल नगरपालिकाका मेयर महेश खरेल काे प्रमुख आतिथ्यता मा र नेपाल साेताेकान कराते डाे एशाेसियसन ,कभ्रे (SKDUN ) अध्यक्ष विशाल घिमिरेको सभापतित्वमा उद्घाटन कार्यक्रम भयकाे थियाे ।

कार्यक्रममा बिशेष अतिथिहरू पांचखाल ३ का वडा अध्यक्ष सुन्दर अधिकारी , ६ का वडा अध्यक्ष रामसरण दुलालको उपस्थिति थियो ।

विशेष अतिथि धिर्जेमान तामाङ- प्रमुख प्रशिक्षक हुनुहुन्थ्यो । 

अतिथिहरू गाेविन्द श्रेष्ठ - वरिष्ठ प्रशिक्षक ,चित्र प्रसाद श्रेष्ट- राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रेफ्रि ,नेपाल साेताेकान निहुन कराते डाे संघ ,मुना आलेमगर - निहुन कराते का अध्यक्ष तथा प्रमुख प्रशिक्षक , भबानी दंगाल -साेताेकान कराते डाे संघ नेपालका काठमाडौं जिल्ला सदस्य लगायतकाे उपस्थिति रहेकाे थियाे।

कार्यक्रममा नेपाल साेताेकान कराते डाे एशाेसियसन ,कभ्रे (SKDUN ) उपाध्यक्ष माेहन गजुरेलले स्वागत मन्तव्य राखेका थिय भने भाेलानाथ सापकाटाले कार्यक्रमको संचालन गरेका थिए ।प्रतिस्पर्धामा ३० जिल्लाका ३५ वटा टिमको सहभागिता रहेकाे थियाे ।विभिन्न उमेर समूह र ताौलकाे आधारमा गराईकाे प्रतिस्पर्धा रहेकाे थियाे । ३०० भन्दा वढि रेफ्रि,काेच र खेलाडिहरूकाे सहभागिता रहेकाे थियाे ।

विजेता खेलाडिहरूलाई नगद,मेडल र ट्रफि सहित पुरस्कृत गर्ने आयाेजक संस्थाका सचिव राममणि काफ्लेले जानकारि दिनुभयाे ।

थप