काभ्रे । राष्ट्रिय युवा संघ नेपाल काभ्रेको आयोजनामा संकल्प कलेज बनेपा भैसीपार्टीमा पत्रकारहरुसँग मैत्रीपूर्ण फुटसल प्रतियोगिता अयाोजना गरिएको छ ।
पौष १५ र १६ गते आयोजना हुने फुटसल प्रतियोगिताको प्रचारात्मक उदेश्यले आयोजना गरिएको मैत्रीपूर्ण फुटसल प्रतियोगितामा प्रेस चौतारी नेपाल काभ्रेले चार गोल गरेको थियो भने राष्ट्रिय युवासंघ काभ्रेले आठ गोल गरेको थियो ।
चौतारीका अध्यक्ष भुवन रायमाझी, युवा संघका अध्यक्ष ईश्वरवल्धव सापकोटा, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोद न्यौपाने, पुर्व अध्यक्ष मोतीराम तिमल्सिना, युवासंघका विभिन्न तहका नेताहरु, पार्टीका विभिन्न तहका नेताहरुको सहभागिता रहेको थियो ।
यहि १५ र १६ गते हुने खेलमा प्रथम हुनेले यो वर्ष ५० हजार र उपविजेता समुहले २५ हजार नगद पुरस्कार पाउनेछन् । प्रतियोगिता १५ मिनेटको हुनेछ । उत्कृष्ट खेलाडीले पनि पुरस्कार पाउनेछन् ।