निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

फुटसल प्रतियोगितामा प्रथम हुनेलाई आकर्षक पुरस्कार

खेल नै जीवन जीवन नै खेल

  •   २ वर्ष अघि | ३० मंसिर २०८१, आइतवार,     एक्टिभ मिडिया

काभ्रे ।राष्ट्रिय युवा संघ नेपाल, काभ्रे जिल्ला कमिटीद्वारा आयोजित "NYFN OPEN FUTSAL CHAMPIONSHIP" को दोश्रो संस्करण यहि पौष १५-१६ गते बनेपा-११ स्थित ABM स्कुलको फुटसल मैदानमा आयोजना गरिने भएको छ। संघका अध्यक्ष ईश्वर वल्लभ सापकोटाका अनुसार, २०८० सालमा आयोजित पहिलो संस्करणमा ४७ टिम सहभागी भएका थिए, जसलाई निरन्तरता दिँदै यो प्रतियोगिता आयोजना गर्न लागिएको हो। संघका अनुसार यस प्रतियोगिताले जिल्ला स्तरमा फुटसल खेलको प्रवर्दन साथै स्थानिय प्रतिभा पहिचान गर्न मद्दत पुर्याउने विश्वास लिइएको छ।


टिमहरुले प्रतियोगितामा सहभागिता जनाउन पौष १२ गते सम्म टिम दर्ता गराउनु पर्नेछ।

प्रतियोगितामा सहभागी टिमहरुलाई रु ३००० प्रवेश शुल्क लाग्नेछ।

प्रतियोगितामा प्रदान गरिने पुरस्कारको  विवरण यसप्रकार छन

प्रथम स्थान: रु ५०,०००, ट्रफी, मेडल, र प्रमाणपत्र।

दोश्रो स्थान: रु २५,०००, ट्रफी, मेडल, र प्रमाणपत्र।

उत्कृष्ट खेलाडी: रु ५०००, ट्रफी, र प्रमाणपत्र।

"युवाको संकल्प, समृद्धिको यात्रा" भन्ने मूल नाराका साथ, युवा संघ काभ्रेले  रचनात्मक र सिर्जनात्मक गतिविधिहरूलाई अघि बढाइरहेको छ। यसअघि, संघले संविधान दिवसको अवसरमा विभिन्न क्षेत्रका १२ उत्कृष्ट युवाहरूलाई सम्मान गरेको थियो।

थप