निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

रोशी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

  •   ६ वर्ष अघि | २९ चैत्र २०७७, आइतवार,    

काभ्रे, जिल्लाको रोशी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । आईतबार संविधान सभा सदस्य तिर्थ लामाको प्रमुख आतिथ्यता साथै रोशी गाउँपालिकाका अध्यक्ष डि.बि. लामाको सभाध्यक्षतामा रोशी माध्यमिक विद्यालयको प्राङ्गणमा प्रतियोगिता शुभारम्भ गरिएको हो ।
कोरोना भाईरसका कारण अघिल्लो वर्ष स्थगित प्रतियोगिता यस वर्ष संचालन गरिएको शुभकामना मन्तव्य राख्दै रोशी माध्यमिक विद्यालयका प्रधानाध्यापक विन्दु प्रसाद ढुंगानाले जानकारी दिए ।
कार्यक्रममा प्रमुख अतिथि संविधान सभा सदस्य तिर्थ लामाले प्रतियोगितामा भाग लिने खेलाडिहरुलाई शुभकामना दिँदै खेलकुद जिवनको महत्वपुर्ण अभ्यास रहेको बताए । विद्यार्थी जिवनमा शिक्षा सँगै खेलकुदको धेरै महत्व रहेको बताउँदै लामाले– ‘मानिसको सबैभन्दा ठुलो हतियार भनेको ईमान्दारीता हो, त्यसैले जुनसुकै क्षेत्रमा ईमान्दार भएर लाग्नुहोस्’ भने । आफु रोशीकै नागरिक भएको हुँदा हर क्षेत्रमा निरन्तर सहयोग रहिरहने उनको भनाई थियो ।यस्तै कार्यक्रममा कार्यक्रमका सभापति रोशी गाउँपालिकाका अध्यक्ष डि.बि. लामाले खेल सुखद र सौहार्दपुर्ण रुममा संचालन भएको बताए । खेलमा हार र जित मात्रै ठुलो कुरा नभई यसले दिने ज्ञानमा केन्द्रित हुनुपर्ने उनको भनाई थियो । अध्यक्ष लामाले अगाडि भने– ‘जस्ले जिते पनि रोशीले नै जित्ने हो, ढुक्क भएर खेल्नुहोस्’ हाम्रो पहिलो प्राथमिकता भनेको शिक्षा,स्वास्थ्य र खेलकुद हो उनले भने ।
कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी बर्तौला, प्रमुख प्रशासकिय अधिकृत डम्बरु दाहाल, प्रवक्ता पदम बहादुर लामा, शिक्षा तथा खेलकुद शाखा राम बहादुर लामाले मन्तव्य राखेका थिए भने बिभिन्न वडाका अध्यक्षहरु, सुरक्षा निकायका प्रमुखहरु, स्वास्थ्य क्षेत्रका व्यक्तित्वहरु, पत्रकार लगायत विध्यालयका प्रधानाध्यापकहरुको उपस्थिति थियो । आईतबार बाट सुरु भएको प्रतियोगिता ३ दिनसम्म चल्नेछ । खेलमा रोशी गाउँपालिका भरी रहेका १६ वटा माध्यमिक विद्यालय मध्ये रोशी ९ को विन्धवासीनी मावि र रोशी १२ को गणेश मावि बाहेक सबै सहभागि छन् । प्रतियोगितामा भलिबल, कबड्डी, १ सय, २ सय, ४ सय मिटर दौड, रिले दौड,हाईजम्प, लङजम्प, सटपुट लगायतका खेल समावेश गरिएको छ ।

थप