निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

दक्षिण एशियाका १५ शहरमा धुलिखेल ; अशोक ब्याञ्जु प्रमुख, उम्मेदवार धुलिखेल नगरपालिका, काभ्रेपलाञ्चोक

  •   ४ वर्ष अघि | १५ बैशाख २०७९, बिहिबार,     एक्टिभ मिडिया संवाददाता

पाँच वर्ष प्रमुख भएर काम गरिसक्नु भएको छ, राष्ट्र तथा अन्तराष्ट्रिय स्तरमा धुलिखेललाई चिनाउनु भएको छ, फेरी किन तपाईको उम्मेदवारी ?

हामी जनप्रतिनिधिहरु शासक होइन, जनताका सेवक भएर काम गरेका छौं र अब फेरी पनि हामी सेवक हुनेछौं । सामाजिक जागरण र विकासका अभियान्ता भएर काम गर्ने, हाम्रो नगर सुशासनको नमूना नगर बनाउन, यस अघि रोकिएको भ्रष्टाचार नियन्त्रण गतिविधिलाई अब पनि कडाईका साथ नियन्त्रण गराउन, पाँच बर्ष भित्रमा दीगो विकास लक्ष्यका सबै सूचकहरु पूरा गरी स्वास्थ्य, शिक्षा, कृषि, आर्थिक, बाताबरणमा र गरिबी निबारणको क्षेत्रमा उल्लेख्य सुधार गरी नगरलाई दीगो विकास लक्ष्य पूरा गरिएको नगर घोषणा गर्न पुनः मेरो उम्मेदवारी हो । यो पाँच वर्षको अवधीमा धुलिखेल दक्षिण एशियाका १५ शहर भित्र पर्न सफल भएको छ भने अन्तराष्ट्रिय र राष्ट्रिय स्तरमा समेत नमुना घोषणा भएको छ
हामीलाई नै भोट दिनु पर्ने मेरा केहि दावी पनि छन् । नेकपा एमालेसँग सही विचार छ । नेकपा एमालेले जनमुखी सरकारको दृष्टान्त प्रस्तुत गरेको छ । नेकपा एमाले हरेक आन्दोलनको अगुवाई गरेको छ । नेकपा एमाले शान्ति प्रक्रियाको पहलकर्ता हो । नेकपा एमालेले संविधान निर्माणको अगुवाई गरेको छ । राज्य निर्माण र समृद्ध नेपालको सपना नेकपा एमालेसँग छ । नेकपा एमालेले प्रगतिशील राष्ट्रवादको अगुवाइ गरिरहेको छ । नेकपा एमालेले स्थानीय तहलाई स्रोत, साधन र अधिकार सम्पन्न बनाउँदै स्थानीय सरकारको रुपमा स्थापित गर्न चाहन्छ ।
– स्थानीय सरकारको पहिलो अनुभव कस्तो रह्यो अनुभुति ?
सार्वभौम नेपाली जनताले निर्माण गरेको नेपालको संविधान कार्यान्वयनको महत्वपूर्ण चरण र नयाँ युगको थालनीको रुपमा स्थानीय तहको दोस्रो निर्वाचन हुँदैछ । यसले संघीयता, समृद्धि र समाजवादको आधारशीलाको निर्माणमा थप योगदान गर्नेछ । यस ऐतिहासिक अवसरमा नेकपा (एमाले) समृद्ध र सबल धुलिखेल निर्माणका निम्ति प्रतिबद्धता र सङ्कल्प गरेको छ । जनताको स्वशासन प्रत्याभूत गर्दै जनताको घर–आँगनमा पुग्न सके मात्रै लोकतन्त्रले सार्थकता पाउने मान्यतामा उभिएर नेकपा (एमाले) सधैं अधिकार सम्पन्न स्थानीय सरकारको पक्षमा दृढताका साथ उभिदै आएको छ । नेकपा (एमाले) नेपाली जनताको सच्चा प्रतिनिधि तथा राष्ट्रको अग्रगमन र समृद्धिका निम्ति मुख्य राजनीतिक शक्ति हो। माक्सवाद–लेनिनवाद र जनताको बहुदलीय जनवादको सिद्धान्तका आधारमा राष्ट्रिय राजनीतिलाई मार्गदर्शन गरिरहेको यो पार्टी लोकतान्त्रिक आन्दोलनको नेतृत्वदायी शक्ति र कम्युनिष्ट आन्दोलनको मूलधार हो। सामाजिक–आर्थिक रुपान्तरणका माध्यमबाट सामाजिक न्यायमा आधारित, लोकतान्त्रिक, बहुलवादी, खुला, प्रतिस्पर्धात्मक, आर्थिक रुपले समृद्ध र उच्चस्तरको संस्कृतियुक्त नेपाली विशेषताको समाजवाद निर्माण गर्न नेकपा (एमाले) दृढ प्रतिज्ञ छ ।
यही मान्यतालाई आत्मसाथ गर्दै २०७४ को पहिलो स्थानीय तहको निर्वाचनमा धुलिखेल नगरका मतदाताहरुले नेकपा एमालेलाई अत्यधिक बहुमतका साथ बिजय गराउनु भयो । यस दौरानमा हाम्रो पार्टीबाट बिजय हुनु भएका जनप्रतिनिधिहरुले नगरको समग्र विकासमा खेलेको भूमिका आमजनताहरु समक्ष घाम जतिकै छर्लङ्ग छ । देश संघीय शासन प्रणालीमा रुपान्तरण भएको र स्थानीय तह सञ्चालनका लागि सविधानले ब्यवस्था गरेका एकल अधिकारहरु तथा प्रदेश र संघको साझा अधिकारको कार्यान्वयनको चुनौतिको अवस्थामा हामीले नगरमा प्रवेश गरेका थियौ । नगरपालिकाको जनशक्ति ब्यस्थापनका साथै सविधानले व्यवस्था गरेको एकल अधिकार क्षेत्रहरुमा कानूनी संरचना (ऐन, नियम) निर्माण गरी विधि निर्माण गर्ने पहिलो दायित्व हामीसँग थियो । यसका साथ साथै जनताहरुलाई दिनु पर्ने सेवा तथा नगरका विकासहरुलाई समेत सँगसँगै लैजानु हाम्रो कर्तब्य थियो । यस कामलाई हामीले उत्कृष्ट ढङ्गले सम्पादन गर्न सफल भयौँ । पूर्वाधार निर्माण, खानेपानी, शिक्षा, स्वास्थ्य विकास आयआर्जन कृषि तथा पशु विकास तथा आय आर्जन र गरिवी निवारणमा नगरले उल्लेख्य प्रगति गरेको छ । हामी जुन रफ्तारमा कार्य सम्पादन गरी रहेका थियौ विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ को कारण करिव दुई बर्ष काममा समेत प्रभाव पर्न गएको सर्वविदितै छ । यसका अलावा संघीय सरकारमा हामीले गरिरहेको नेतृत्वमा जनादेशको विस्थापन र परमादेशको शासनमा भएको सरकार परिवर्तनले समेत ठूलो प्रभाव पुग्न गयो । हाल गठबन्धनको नाममा बनेको सरकारबाट जनतालाई राहतको त कुरै छोडौ महङ्गी र कालोबजारीका साथै मूल्य बृद्धिले थिलथिलो बनाएको विदितै छ।
हामीले ५ बर्षमा नगरको समग्र विकासका आधारशीलाहरु निर्माण गरेका छौ । यसको पुर्णता भएमा मात्र नगरको आर्थिक सामाजिक तथा गरीवी निवारणमा हामीले राखेको लक्ष्य पूरा गर्न सक्छौ ।
काम चाँहि के के भए ?
पाँच वर्षमा थुप्रै काम भएका छन् । यो अवधीमा भएका मुख्य मुख्य कामहरुबाट नै नगर नमुना बन्न सफल भएको छ । शिक्षा बाल विकास र सरसफाईको क्षेत्रमा उल्ख्य सुधार गरी साक्षर नगर घोषणा, जिल्लाको पहिलो बालमैत्री नगर घोषणा, खुल्ला दिशामुक्त नगर घोषणा गरिएको छ भने कालोपत्रे सडक ३४ कि.मी., ग्राभेल सडक ७१ कि.मी., कच्ची मौसमी सडक ३२० कि.मी. र ढलान सडक ५ कि.मी. थप निर्माण गरिएको। गाउँ बस्तीका सबै टोलहरुमा सडक सञ्जाल जोडिएको छ । १००० जना क्षमताको सभाहल निर्माण, १ वटा सपिङ्ग कम्प्लेक्स, ५ वटा स्वास्थ्य केन्द्र भवन निर्माण १५ शैयाँको अस्पताल निर्माणाधिन र १ वटा संग्राहय निर्माणाधिन अवस्थामा रहेको छ ।
आधारभूत विद्यालय तहमा ःन्ःी कार्यक्रम सञ्चालन गरि गुणस्तरीय शिक्षाको विकासमा सुधार गरिएको छ । १८ वटा विद्यालयको २४ वटा सुविधा सम्पन्न भवनमा १ सय ४० कोठा निर्माण गरिएको छ । थप ६ वटा विद्यलयमा शौचालय निर्माण गरिएको छ । 

थप