काभ्रे । काभ्रेपलान्चोक जिल्ला पनौती नगरपालिकामा उद्यमशीलता विकास र वित्तीय पहुँच विस्तार गर्न नबिल बैंकले पनौती नगरपालिकासँग साझेदारी गरेको छ ।
उक्त साझेदारी मार्फत नगरपालिकाले स्थानिय स्तरमा संचालन गर्ने विभिन्न उद्यम सम्बन्धि कार्यक्रम/तालिम लिएर उद्यम गर्न चाहने उद्यमीहरूलाई नगरपालिकाको सिफारिसमा बैंकले बैंकको नियम अनुसार कर्जा उपलब्ध गराउने र त्यस्ता कार्यक्रम/तालिमहरूमा वित्तीय साक्षरता सम्बन्धी अभिमुखीकरण कार्यक्रम समेत संचालन गर्ने भएको छ ।
उक्त सम्झौतामा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य र नगरपालिकाका मेयर भिम न्यौपाने
ले हस्ताक्षर गर्नुभएको छ।
बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुजित शाक्यले यस सम्झौताले पनौती नगरपालिकामा रोजगारी र उद्यमशीलता विकास गरि सामाजिक रुपान्तरणमा सहयोग गर्ने बताए । त्यस्तै पनौती नगरपालिकाका मेयर न्यौपानेले नबिल बैंकको दिगो बैंकिङ्गले निम्न वर्गीय किसान तथा उद्यमीलाई बलियो बनाउने आशा व्यक्त गरे ।