गाउँपालिका प्रमुख डिवि लामा द्वारा क्षमता अभिवृद्धि तालिमको उद्घाटन 

  •   ३ वर्ष अघि | १५ असोज २०७८, शुक्रबार,    

काभ्रे (रोशी) – जिल्लाको रोशी गाउँपालिकाले प्राविधिकलाई क्षमता अभिवृद्धि तालिम प्रदान गरेको छ ।
गाउँपालिकामा कार्यरत प्राविधिक कर्मचारीहरुलाई क्षमता अभिवृद्धि सम्बन्धि २ दिने तालिम वितरण कार्य आजबाट सुरु गरिएको छ । तालिमको उद्घाटन गाउँपालिकाका अध्यक्ष डि.बि लामाले गरेका हुन् ।
उद्घाटन शत्रमा बोल्दै पालिका अध्यक्ष डि.बि लामाले प्राविधिकहरुको कार्य क्षमतामा थप ऊर्जा प्रदान गरी आफ्नो जिम्मेवारी प्रभावकारी ढंगले सम्पन्न गर्नका निम्ति यो तालिम उपलब्धिमूलक रहने बताए ।
त्यसैगरी प्रमुख प्रशासकिय अधिकृत परशुराम थापाले गुणस्तरीय ढंगले कार्य सम्पादन गर्न, योजना निर्माणका लागत, अनुमान तथा कार्यक्रमलाई समय सापेक्ष ढंगले सम्पादन गर्न तालिम मार्फत कार्य क्षमतामा निखारता आउने धारणा व्यक्त गरेका थिए ।
उद्घाटन शत्रमा प्रशासन प्रमुख धनवीर लामा, योजना प्रमुख राम लामा लगायत पालिकाको सम्पूर्ण प्राविधि टिमको उपस्थिति रहेको थियो ।

थप