काठमाडौं : चीनको केन्द्रीय प्रचार विभाग र चिनियाँ अन्तर्राष्ट्रिय टेलिभिजन कर्पोरेशनद्वारा निर्मित ‘रेकर्ड द सिल्क रोड’ नामक तीन भागको वृत्तचित्रमा नेपालको पोखरामा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थललाई समेत समेटिएको छ ।
उक्त वृत्तचित्र मंगलबारदेखि बिहीबारसम्म चीनको सीसीटीभी–१० च्यानलमा प्रशारण भइसकेको छ ।प्रशारित वृत्तचित्र हेरेपछि विदेशीहरूको नजरमा चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) ले विश्वका केही क्षेत्रमा सकारात्मक र उत्साहजनक परिवर्तनहरू देखापर्न थालेको निश्कर्ष निस्किएको बताइन्छ । बीआरआईका कारण मानवजातिको साझा भविष्य र उन्नत समुदाय निर्माणमा ठूलो महत्व रहेको सन्देश समेत प्रशारण भएको छ ।
चीन भरि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको चर्चा
- १ वर्ष अघि | २३ कार्तिक २०७८, मङ्लबार,
