एजेन्सी – शुक्रबारमात्रै कोरोना भाइरसका कारण ८६ व्यक्तिको मृत्यु भएको छ ।संक्रमण सुरु भएपछि एकैदिन मृत्यु हुने यो सबैभन्दा ठूलो संख्या हो । शुक्रबार अबेर प्रकाशित तथ्यांक अनुसार रोगबाट ३४,४०० भन्दा बढी संक्रमित भइसकेका छन् । यी तथ्यांकले कोरोनाभाइरसको प्रकोप नियन्त्रण गर्न लागि परेका अधिकारीलाई केही निराश बनाएको छ । चीनमा अहिले भाइरसबाट प्रभावित शहरमा युद्धको जस्तो वातावरण देखिन्छ । सम्पूर्ण सवारी साधनहरु ठप्प छ, सडक सुनसान छ । चिकित्सकहरु घर घरमा गएर विरामीको ज्वारो नाप्न थालेका छन् ।
कोरोना भाइरस प्रकोप अपडेटः मृत्यु हुनेको संख्या ७२४ पुग्यो
- ३ वर्ष अघि | २५ माघ २०७६, शनिबार,
