काभ्रे । बनेपा नगरपालिका वडा नं १३ र १४ मा नेकपा एमालेका पाेलिटब्युराे सदस्य तथा पुर्व मन्त्री गाेकुल बास्काेटाकाे पहलमा सागाँ बृहत खानेपानी आयाेजना आज एक कार्यक्रमका बिच सम्झौता भएको छ।
बनेपा नगरपालिका वडा नम्बर १३ र १४ काे खानेपानी उपभाेत्ता तथा सरसफाइ समिति र सङ्घिय खानेपानी तथा ढल ब्यबस्थापन अायाेजना भक्तपुर बिच बनेपा नगरपालिकाको राेहबरमा सम्झौता भएकाे हो ।
उक्त आयाेजनामा ९ कराेड ८४ लाख ६९ हजार ९ सय खर्च गर्ने भएको छ।
आयोजनाले ८ सय ७८ घरपरिवार लाभान्वित हुनेछन् । उक्त सम्झौतामा नगर प्रमुख लक्ष्मी नरहसिंह बादे,उप प्रमुख रेखा सापकोटा दाहाल,प्रमुख प्रशासकिय अधिकृत कबिराज उप्रेती,खानेपानी आयाेजना प्रमुख राजेन्द्र प्रसाद श्रेष्ठ , बनेपा वडा नं १३ का वडा अध्यक्ष सुर्य नारायण नापित,वडा नं १४ का अध्यक्ष गौरी राउत,उपभाेत्ता समिति अध्यक्ष कलम बहादुर तामाङ लगायतको सम्झौता कार्यक्रममा सहभागिता रहेकाे थियाे ।
सागाँ बृहत् खानेपानी आयोजनाको सम्झौता:एक हजार घरपरिवार लाभान्वित हुने
- २ वर्ष अघि | १४ माघ २०७८, शुक्रबार,
