बेथानचोक गाउँपालिकाले लोकसेवा कक्षा सञ्चालन गर्ने 

  •   २ वर्ष अघि | ३ पुस २०७८, शनिबार,    

 ढुंखर्क ÷ बेथानचोक गाउँपालिकाले लोक सेवा तयारी कक्षा सञ्चालन गर्ने भएको छ । लोक सेवा तयारी गर्दै गरेका नागरिकलाई लक्षित गरेर गाउँपालिकाले छिटै् लोकसेवा कक्षा सञ्चालन गर्न लागेको गाउँपालिकाले जनाएको छ । 
बेथानचोक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीले पालिकाका भित्र बसोबास गर्ने नागरिकलाई लक्षित गरेर लोकसेवा कक्षा सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो । उहाँका अनुसार पालिकाको चालु आर्थिक बर्ष २०७८÷७९ को बार्षिक स्वीकृत कार्यक्रम अन्र्तगत लोकसेवा कक्षा सञ्चालन गर्न लागेको हो । 
गाउँपालिकाले शुक्रबार एक सूचना मार्फत तयारी कक्षामा सहभागी हुन इच्छुक बिद्यार्थीहरुले सूचना प्रकाशित भएको २० दिन भित्र शाखा अधिकृत वा नासु के मा कक्षा लिन चाहेको हो वडामा सम्पर्क गर्न भनेको छ । कक्षामा सहभागी हुन चहानेको १८ बर्ष उमेर पुगेको हुनुपर्ने छ । प्लस २ पास गरेको हुनुपर्ने छ । पालिकाले जारी गरेको सूचनामा नेपाली नागरिकताको प्रतिलिपी प्रमाणपत्र, वडाको सिफारिस अनिवार्य गरेको छ ।

थप